जीवन विकास लघुवित्तको आईपीओ बाँडफाँड, भाग्यशाली ५ जनाले पाए ११/११ कित्ता

जीवन विकास लघुवित्तको आईपीओ बुधबार बाँडफाँट भएको छ । कम्पनीले गत असार ११ गतेदेखि १५ गतेसम्म सर्वसाधारणका लागि खुल्ला गरेको प्रतिकित्ता १०० अंकित दरका १९ लाख ७७ हजार ३०० कित्ता साधारण सेयर आज बाँडफाँड भएको हो ।बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा बुधबार बिहान भएको आइपिओ बाँडफाँटमा १ लाख ८४ हजार ८०१ जनाले १० कित्ताका दरले लघुवित्तको सेयर हात पारेका छन् भने ६५ हजार ५३८ जनाको हात खाली हुन पुगेको छ । जसमध्ये ५ जना भाग्यशाली आवेदकले ११÷११ कित्ता शेयर पाएको विक्री प्रबन्धक एनएमबीले