‘गोली हान्दे’ भन्दै प्रहरीले पेस्तोल तेर्स्याएपछि... (भिडियो)

महोत्तरीमा प्रहरीले सर्वसाधारणलाई ताकेर बन्दुक तेर्स्याएको एउटा भिडियो यतिबेला सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ । यो घटना गएराति महोत्तरीको महोत्तरी गाउपालिका वडा नम्बर–२ स्थित बजार क्षेत्रमा भएको हो ।पक्की घरको छत ढलान गरिरहेको समयमा प्रहरीले ढलान रोक्न भनेपछि स्थानीयवासी र प्रहरीबीच तनाव उत्पन्न भएको थियो । स्थानीयवासीहरुको अनुसार सञ्जिव कापर र मिथिलेश देवी कापरलाई प्रहरी सहायक निरीक्षक मुक्तिनाथ यादवले ‘गोली हान्दे’ भन्दै पेस्तोल तेर्स्याएका हुन् । सो क्रममा शैलेन्द्र काप

सम्बन्धित सामग्री

कटुवा पेस्तोल बरामद

बारा, सिम्रौनगढ नगरपालिका-६ सतुवाहीस्थित सार्वजनिक पोखरीबाट कटुवा पेस्तोल बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ । पोखरीमा जालबाट माछा मार्ने क्रममा जालमा कटुवा पेस्तोल फेला परेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले उक्त बन्दुक बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बेवारिसे पेस्तोल बरामद

इलाका प्रहरी कार्यालय केशरगन्जको प्रहरी टोलीले बेवारिसे अवस्थामा सडकमा छाडिएको एक थान पेस्तोल बरामद गरेको हो।...

बागमती खोला सफाइ गर्दा भेटियो पेस्तोल

काठमाडौं : काठमाडौंको बागमती खोलामा पेस्तोल भेटिएको छ। बागमती सरसफाइ गर्ने क्रममा पेस्तोल र म्याग्जिन फेला पारेको हो। काठमाडौं महानगरपालिका-९ तिलगंगास्थित पहेँलो पुलमुनिबाट एक थान पुरानो पेस्तोल र उक्त पेस्तोलमा लाग्ने २ थान खाली म्याग्जिन बरामद भएको हो। बागमती सरसफाइ गर्ने क्रममा उक्त पेस्तोल र म्याग्जिन फेला परेको भन्ने खबर प्राप्त…

कटुवा पेस्तोल र गोली बरामद

सशस्त्र प्रहरीले सप्तरीको राजगढ गाउँपालिकाबाट कटुवा पेस्तोल र गोली बरामद गरेको छ ।राजगढ गाउँपालिका-२ बनैनियाँस्थित नेपाल–भारत सीमा क्षेत्रबाट एउटा कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने एक राउण्ड गोली बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको हो ।भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले गस्तीमा खटिएका सशस्त्र प्रहरीलाई देख्ने बित्तिकै  पेस्तोल छाडेर भागेका थिए ।

सर्लाहीमा पेस्तोल र गोलीसहित एक पुरुष पक्राउ

सर्लाही प्रहरीले लुकाई राखेको पेस्तोल र गोलीसहित एक पुरुषलाई पक्राउ गरेको छ । मंगलबार हरिवन नगरपालिका–११ बस्ने ४३ वर्षका छोटेलाल दासलाई एक थान पेस्तोल र सोही पेस्तोलमा लाग्ने १ राउण्ड...

बाटोमा फालिएको नलकटुवा पेस्तोल बरामद

रौतहट प्रहरीले एक थान पेस्तोल बरामद गरेको छ । ईशनाथ नगरपालिका ४ मा दुई पक्षबीच झडप भएको र बाटोमा फालिएको अवस्थामा कटुवा पेस्तोल फेला परेको हो । स्थानीयले झगडा भएको...

सिरहामा पेस्तोल बरामद

जिल्ला प्रहरी कार्यालय सिरहाले एक थान नलकटुवा पेस्तोल बरामद गरेको छ । सिरहा नपा १७ पटहेर्बाबाट प्रहरीले पेस्तोल बरामद गरेको हो । स्थानीय २७ वर्षीय धिरु यादवबाट पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ । गाउँमा मादक पदार्थ सेवन गरी हल्ला गरिरहेको अवस्थामा पुगेको प्रहरीले यादबाट पेस्तोल बरामद गरेको हो ।प्रहरी पुगेलगत्तै  यादव आफ्नो साथमा रहेको पेस्तोल फालेर भागेका छन् । फरार यादवको खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिएका छन् ।

कोटेश्वरको सडकमा कसले छाड्यो पेस्तोल?

काठमाडौंः प्रहरीले आज बिहानै कोटेश्वर चोकमा पेस्तोल फेला पारेको छ। काटेश्वरबाट जडीबुटी जाने बाटोमा एयरपोर्टको साइटतर्फ पेस्तोल फेला परेको हो। अहिलेसम्म पेस्तोल कसको हो? कसरी आयो? खुल्न सकेको छैन। 'सडकबाट पेस्तोल फेला परेको हो। कसको हो भन्ने खुलेको छैन। अनुसन्धान भइरहेको छ,' महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी दक्षबहादुर बस्नेतले भने। सडक…