इजरायलद्वारा गाजा क्षेत्रमा फेरि बमबारी

इजरायली वायुसेनाले बुधबार बिहानै प्यालेस्टिनीको बसोबास रहेको गाजापट्टीमा धेरैवटा हवाई आक्रमण गरेको छ । गत महिना गाजापट्टीमा सक्रिय हमास समूहसँग युद्धविराम गरेपछि पहिलो पटक इजरायली सेनाले आक्रमण गरेको हो ।इजरायली सेनाले हमास लडाकू समूहका ठेगानाहरूलाई लक्षित गरिएको जनाएको छ । हमास लडाकुहरुले इजरायली भूमिमा आक्रमण गर्ने योजना बनाइरहेको सूचनाका आधारमा हवाई हमला गरिएको पनि सेनाको भनाई छ । इजरायली आक्रमणबाट कुनै जनधनको क्षतिका बारेमा विवरण प्राप्त भइसकेको छैन ।मङ्गलबार सयौं इजरायली अतिराष्ट्रवादी

सम्बन्धित सामग्री

इजरायल-हमास युद्धमा चर्चा पाएको ह्वाइट फोस्फोरस के हो ?

गाजा क्षेत्रमा इजरायलको बमबारी जारी छ । इजरायली सेनाका अनुसार उसले गाजा क्षेत्रमा पछिल्लो पाँच दिनमा करिब ६ हजार वटा बम खसालेको छ । अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले गाजा र लेबनानमा हमास तथा हेजबुल्लाहविरुद्धको आफ्नो सैन्य कारबाहीमा इजरायलले ह्वाइट फोस्फोरसको प्रयोग गरिरहेको जनाएको छ । यस्तो खालका हतियारहरुको प्रयोगले मानिसहरुलाई गम्भीर चोट […]

इजरायलबाट गाजा क्षेत्रमा रातभर बमबारी, दुई प्यालेस्टाइनी पत्रकार पनि मारिए

एजेन्सी । इजरायली सेनाले हमास नियन्त्रित गाजा क्षेत्रमा गए राती भीषण बमबारी गरेको छ । विद्रोही समूह हमासका अखडाहरु तथा निजी घरहरुमा समेत इजरायली सेनाले रातभर बमबारी गरेको हो । बमबारीबाट कति मानिस मारिए भन्ने यकिन भईनसके पछि बमबारीमा परी प्यालेन्टिनी दुई जना पत्रकार मारिएको पुष्टि भएको छ । इजरायली रक्षा मन्त्रालयले गाजामा एक हजार […]

इजरायलबाट मध्यराति गाजामा बमबारी

एजेन्सी । इजरायल सेनाले मंगलबार राति गाजा क्षेत्रमा ब्यापक बमबारी गरेको छ । एक जना प्यालेस्टिनी कैदीको भोक हडतालका क्रममा इजरायली हिरासतमा मृत्यु भएपछि तनाव बढिरहेको बेला इजरायली सेनाले गाजा क्षेत्रमा मध्यराती बमबारी गरेको हो । इजरायली हिरासतमा ८७ दिनदेखि भोक हड्तालमा रहेका खदर अदनानको मृत्यु भएपछि प्यालेस्टिनीहरुले उग्र प्रदर्शन गरेकोमा प्यालेस्टिनी क्षेत्रबाट इजरायलतर्फ रकेट […]

इजरायलले गर्‍यो लेबनान र गाजामाथि हवाई आक्रमण

एजेन्सी । इजरायली सेनाले लेबनान र प्यालेस्टाइनको गाजामा हवाइ आक्रमण सुरू गरेको छ । लेबनानबाट बिहीबार इजरालयमा क्षेप्यास्त्र प्रहार भएको जवाफी कारबाही स्वरुप इजरायली प्रतिरक्षा फौजले शुक्रबार बिहानै लेबनान र गाजा क्षेत्रमा हवाई आक्रमण थालेको हो । इजरायली सेनाले बिहानैदेखि लडाकु विमानबाट उत्तरी लेबनान र गाजामा बमबारी थालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । इजरायली […]

टिकटकबाट सुरु भएको थियो इजरायल–प्यालेस्टाइन युद्ध

एजेन्सी। इजरायल र प्यालेस्टाइनबीच गाजा क्षेत्रमा युद्ध जारी छ। तर यो युद्ध जमिन, बमबारी र क्षेप्यास्त्र प्रहारमा मात्रै सीमित छैन। सामाजिक सञ्जालमा समेत दुई समूहबीच संघर्ष चलिरहेको छ। डिजिटल प्लेटफर्ममा जारी संघर्षमा टिकटक सबैभन्दा महत्वपूर्ण हतियार बनेको छ। इजरायलमा रकेट हानेको, गाजामा इजरायलले आक्रमण गरेको र प्यालेस्टिनीको विरोध प्रदर्शनका भिडियो टिकटकमा भाइरल छन्। जसका कारण प्रयोगकर्ताबीच नै टकराबको अवस्था देखियो।

गाजा क्षेत्रमा इजरायलद्वारा लगातार १० मिनेटसम्म बमबारी

एजेन्सी । इजरायलले गाजा क्षेत्रमा पुनः बमबारी गरेको छ । मिडिया रिपोर्टका अनुसार इजरायलले लगातार दश मिनेटसम्म गाजा क्षेत्रमा बमबारी गरेको थियो ।