काबुल विमानस्थलमा विमान पर्खिरहेका ४२ जना नेपाली सुरक्षित

काठमाडौँ– अफगानिस्तानबाट उद्धार गरेर नेपाल फर्काउन तयारी अवस्थामा राखिएका नेपालीहरु सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । काबुल विमानस्थल नजिकैको सुरिक्षत स्थानमा ४२ जना नेपालीलाई राखिएको छ । ती सबै नेपालीहरु सकुशल रहेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्लासलले जानकारी दिइन् । विहीबार काबुल विमानस्थल नजिकै दुई वटा बम विस्फोट हुँदा १३ जना अमेरिकी सैनिकसहित कम्तिमा […]