सलमानको बडी डबल बनेर चर्चामा आए परवेज काजी, बताए कति छ तलब

सलमान खान स्टारर रिलिज फिल्म राधे, पछिल्लो केही दिनदेखि सोसm मिडियामा चर्चामा छ । सलमानको यो फिल्ममा बडी डबलको पनि प्रयोग गरिएको छ । सलमानका बडी डबल परवेज काजीले सोसल मिडियामा सलमानसँग सेटका केही तस्बिर सेयर गरेका छन् ।परवेज काजी सलमान जस्तै देखिने भएकाले निकै चर्चित छन् । थुप्रै फिल्ममा उनले सलमान खानको बडी डबलको भूमिका निभाइसकेका छन् । हालै परवेजले सोसल मिडियामा सलमानसँग मिल्दोजुल्दो पहिरन लगाएको तस्बिर सेयर गरेका छन् । परवेजको यी तस्बिरलाई सलमानका प्रशंसकले निकै राम्रो प्रतिक्रिया पाइरहेका छन