धरानमा तीन दिनको अन्तरमा संक्रमणबाट दम्पत्तीको निधन, दुई छोराको विचल्ली

धरानमा तीन दिनको अन्तरालमा कोरोना संक्रमणबाट एक दम्पत्तीको निधन भएको छ । धरान १ स्थित सत्य साई मन्दिरमा हेरालुको रुपमा रहदै आएका एक दम्पत्तीको ३ दिनको बीचमा संक्रमणबाट निधन भएको हो ।...

सम्बन्धित सामग्री

बुढासुब्बा गोल्डकप : आर्मीलाई पराजित गर्दै एनआरटी सेमिफाइनलमा

धरानमा जारी २४औँ बुढासुब्बा गोल्डकपको आइतबार दोस्रो दिनको खेलमा काठमाडौँको न्युरोड टिम (एनआरटी) ले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–१ गोलले पराजित गरेको छ । जितसँगै एनआरटीले सेमिफाइनलको यात्रा तय गरेको छ । आइतबार धरान रङशालामा भएको दोस्रो क्वाटरफाइनल खेलको चौथो मिनेटमा त्रिभुवन आर्मीका खेलाडी मानबहादुर आलेमगरले गोल गरेपछि खेला रोमाञ्चक बनेको थियो । त्यसपछि …

व्यापारिक भवन बनाउन नगरभन्दा जेठो दुहबी बजारमा डोजर

दुहबी नगरपालिकाले बुधबार दिउँसो दुई घण्टाको सूचना दिएर बस्तीमा डोजर चलाएको थियो । स्थानीयले सामान सार्नका लागि दुई दिनको समय माग्दा नदिएको पालिकाले माइकिङ गरेलगत्तै जबरजस्ती डोजर चलाउँदा स्थानीय हेरेको हेर्‍यै भए ।

धरानमा तीन दिनमै दुई करोडकाे फूल व्यापार

नेपाली हिन्दु धर्मालम्बीको दोस्रो ठूलो चाड तिहारमा तीन दिनको अवधिमा धरानमा दुई करोडको फूलको कारोबार भएको छ।  लक्ष्मी पूजा सोमबार, मंगलबार र आज भाइटिकाको अघिल्लो दिन धरान–१३ स्थित कृषि उपज बजारबाट...

मिटरब्याजीको पासोमा निमुखा

काठमाडौं, जेठ २८ । सप्तरीका दर्जनौं परिवारको उठिबास लगाएर धरानमा बस्दै आएका मिटरब्याजी रामदेव साहु तेलीविरुद्ध पीडितले उजुरी दिएपछि उनी परिवारसहित फरार भए। रामदेवका छोरा नन्दकिशोर साहलाई भने प्रहरीले बिहीबार राति पक्राउ गरेको छ। उनलाई शुक्रबार जिल्ला अदालतबाट अनुसन्धानका लागि पाँच दिनको म्याद थप भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी अभिनारायण काफ्लेले बताए। रामदेवसहित प्रतिवादी […]

धरानका मेयर साम्पाङले झाडुसहित जनता बोलाए

काठमाडाैं : धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हर्क साम्पाङले जनतालाई झाडुसहित उपस्थित हुन आह्वान गरेका छन्।धरानमा फोहोर थुप्रिएको र यसलाई सफाइ गर्दै सरसफाई अभियानलाई सुरुवात गर्ने उनले जनाएका छन्।फेशबुकमा स्टाटस लेखेर अभियानको बारेमा उनले जानकारी दिएका हुन्।उनले लेखेका छन्, 'भोलि दिनको ३ बजे भानुचौकमा झाडु लिएर आउनु होला ! भानु चौक वरिपरि सफाइ गरौँ ! आइन्दा बाटोमा फोहोर फाल्न नहुने नियम लागु गर्न गराउन सहयोग गर्नु होला ! जय धरान !'स्वतन्त्रबाट मेयर जितेका साम्पाङले सर

फोहोर प्रशोधन केन्द्र सञ्चालनमा ढिलाइ

धरान । गत चैत ९ गतेदेखि परीक्षण शुरू गरेको धरानस्थित फोहोर प्रशोधन केन्द्र नियमित सञ्चालनमा आउन सकेको छैन । प्रशोधन केन्द्रको निर्माण पूर्णरूपमा सम्पन्न भए पनि उत्पादित ग्यास खपत गर्न अनुमति नहुँदा सञ्चालनमा आउन नसकेको हो । धरान उपमहानगरपालिका–६ मा रहेको फोहोर प्रशोधन केन्द्रको निर्माण ‘भेन्चर वेस्ट टु इनर्जी’ नामक कम्पनीले गरेको हो । धरानको फोहोर व्यवस्थापन गर्दै ग्यास र मल उत्पादन गर्ने लक्ष्यसहित केन्द्रको निर्माण गरिएको थियो । गत वैशाखदेखि नै सञ्चालनमा आउने भनिए पनि सरकारी प्रक्रियामा ढिलाइले समय लम्बिएको परियोजनाका इन्जिनियर विवेक अग्रवालले बताए । उनका अनुसार केन्द्रले गत चैत ९ गतेदेखि धरानको फोहोर संकलन गरी परीक्षण थालेको थियो । तर खपत गर्ने साधन सञ्चालनको अनुमति नहुँदा सञ्चालन गर्न नसकिएको उनको भनाइ छ । ‘सबै फोहोर लिएर प्रशोधन गर्न सक्ने अवस्था छ, तर खपत गर्न सवारीसाधन सञ्चालन गर्ने अनुमति नहुँदा पूर्ण क्षमतामा सञ्चालन गर्न सकिएको छैन,’ उनले भने, ‘ग्यासबाट चल्ने टेम्पो पनि आउनुप¥यो, त्यसैले अड्किरहेको छ ।’ उनका अनुसार २४ करोडको परियोजनाको लागत कोरोनाका कारण २६ करोड पुगेको छ । दैनिक ५० टन फोहोर प्रशोधन गर्न सक्ने क्षमताको केन्द्र पुस २० गतेदेखि शुरू हुने ‘धरान डे’को अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाबाट उद्घाटन गर्ने तयारी छ । २० वर्षपछि धरान उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने गरी प्रशोधन केन्द्र निर्माण गरिएको हो । कोरोना संक्रमणको जोखिम न्यून हुँदै गएपछि पुस अन्तिम सातादेखि सञ्चालनको तयारी गरिएको अग्रवालले बताए । प्रशोधन केन्द्रबाट उत्पादित ग्यास धरानमा चलिरहेका टेम्पोहरूमा प्रयोग हुनेछ । ‘धरानमा चलिरहेका विभिन्न ब्राण्डका टेम्पोमा एउटा सिलिण्डर सहितको किट हाल्छौं, त्यो हालिसकेपछि मल्टी फ्युल हुन्छ,’ अग्रवालले भने, ‘त्यसो हुँदा पेट्रोल र ग्यासले दुवैले चल्न सक्छ ।’ हिमालयन पेट्रोल पम्प नजिकै खहरे खोलाको छेउमा रिफिल स्टेसन बनाइएको छ । प्रशोधन केन्द्रले दिनको २ हजार केजी ग्यास उत्पादन गर्छ । दैनिक ४ सयदेखि ५ सय टेम्पोलाई ग्यास उपलब्ध गराउन सकिने अग्रवालले बताए । कम्पनीले पानवारीमा १ बिघा २ कठ्ठा जमिन खरीद गरेर प्लान्ट स्थापना गरेको छ । यो प्लान्ट सञ्चालनमा आएपछि धरानको फोहोर मैलाको दीर्घकालीन व्यवस्थापन हुने अपेक्षा गरिएको छ ।

तीन दिनको अन्तरमा धरानमा कोरोनाले श्रीमान-श्रीमतीको मृत्यु

धरानमा कोरोना संक्रमणको कारण तीन दिनको अन्तरालमा श्रीमान र श्रीमतीको निधन भएको छ। धरान १४ स्थित विजयपुरमा तीन दिनको अन्तरमा ६७ वर्षिया श्रीमती र ७४ वर्षिय श्रीमानको निधन भएको हो।

आरती स्ट्रिप्स सातौं धरान रन २०७५ फागुन २५ गते

बेलायतमा हुने ‘पार्क रन’ अवधारण लिई धरानस्थित यलम्बर पार्क मा विगत ७ वर्षदेखि धरान रनले स्वस्थ रहनु जनचेतना दिँदै दौडलाई निरन्तरता दिरहेको भन्दै आरती स्ट्रिप्स ‘पार्क रन’मा निरन्तर दौडनेमा धरानका युवा सन्तोष राई पनि पर्ने जनाएको छ । उनी बेलायत छँदै धरानमा रहेका अधिकांश परिवारजन, नातेदार र छिमेकीहरू सुगर, प्रेसर, केही दिनको बिदा लिएर धरान आएका उनले केही साथीभाइको सहयोगमा सन् २०११ सेप्टेम्बर ७ बाट ‘धरान रन’ प्रारम्भ गरे ।