काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटा बोलाएको सर्वदलीय बैठकले एमालेबिना बसेर कुनै अर्थ नभएको निष्कर्ष निकालेको छ। सभामुखको भूमिकालाई लिएर एमालेले निरन्तर संसद् अवरोध गरेपछि सुझावको लागि सभामुखले राखेको सर्वदलीय बैठकपछि राष्टिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले भनिन्, ‘प्रतिपक्षीको नेताहरू नआएपछि कुनै निष्कर्षमा पुग्न सकेन। प्रतिपक्षी दललाई बोलाएर फेरि सर्वदलीय बैठक बोलाउन आग्रह गरेका छौँ।’ बैठकमा सभामुखले एमालेलाई बैठकमा ल्याउन धेरै पहल गरेका भए पनि एमाले स