देउवा र प्रचण्ड भेट, अनौपचारिक भेटमा सक्रिय नेताहरु

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ। दाहाल देउवालाई भेट्न देउवा निवास बुढानिलकण्ठ पुगेका हुन्। आज देउवाले २ बजे बोलाइएको बैठक स्थगित गरेपछि माओवादी अध्यक्ष प्रचण्ड देउवालाई भेटन गएका हुन्।

सम्बन्धित सामग्री

माधव नेपाललाई भेट्न शिक्षण अस्पताल पुगे देउवा र प्रचण्ड

६ पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न अस्पताल पुगेका छन् । रुघाखोकी, ज्वरो र छातीमा संक्रमण भएपछि मंगलबार राति त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका नेपाललाई भेट्न बुधबार दिउँसो देउवा र प्रचण्ड पुगेका हुन् । उनीहरुले नेता नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी […]

देउवा र प्रचण्ड सहभागी चुनावी सभामा गएनन् पार्टीकै उम्मेदवार

काठमाडौँ– प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी मंगलबारको चुनावी सभामा दुई जना प्रदेशसभा सदस्य उम्मेदवार उपस्थित भएनन्। नवलपरासीको क्षेत्र नं. १ मा आयोजना गरेको सत्तागठबन्धनको चुनावी सभालाई सम्बोधनको लागि आज देउवा र प्रचण्ड बर्दघाटको चौपाता पुगेका थिए । तर त्यहाँ क्षेत्र नम्बर १ को प्रदेश […]

देउवा र प्रचण्ड सहभागी सभामा किन गएनन् पार्टीकै उम्मेदवार ?

२९ कात्तिक, नवलपरासी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी चुनावी सभामा दुई जना प्रदेशसभा सदस्य उम्मेदवार उपस्थित भएनन् । मंगलबार नवलपरासीको क्षेत्र नं. १ मा आयोजना गरेको सत्तागठबन्धनको चुनावी सभालाई सम्बोधन देउवा र प्रचण्ड बर्दघाटको चौपाता पुगेका थिए । तर त्यहाँ क्षेत्र नं. १ […]

निर्वाचनको मितिबारे छलफल गर्न देउवा र प्रचण्ड भेट्दै

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेट हुने भएको छ । प्रधानमन्त्री भेट्न प्रचण्ड केहीबेरमा बालुवाटार जाँदै छन् । निर्वाचनको मिति घोषणा गर्ने विषयमा छलफल गर्न प्रचण्ड बालुवाटार जाने लागेको स्रोतले जनाएको छ । माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सकिए लगत्तै प्रचण्ड […]

देउवा र प्रचण्ड धनगढीमा, देउवा गृह जिल्ला पनि जाने

धनगढी । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ता गठबन्धनकाे चुनावी सभालाई सम्बाेधन गर्न धनगढी पुगेका छन् । देउवा आइतबार साँझ नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढीस्थित बोराडाँडी आर्मी ब्यारेकमा ओर्लिएका थिए भने प्रचण्ड आज बिहान पुगेका हुन् । देउवा आइतबार राति धनगढीस्थित आफ्नै निवासमा बसेका थिए । उनले याे घर […] The post देउवा र प्रचण्ड धनगढीमा, देउवा गृह जिल्ला पनि जाने appeared first on राजधानी राष्ट्रिय दैनिक.

रेनु जिताउन चितवन झर्दै देउवा र प्रचण्ड

काठमाडौं, २० बैशाख । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) चितवनमा बढि केन्द्रित हुने भएका छन् । कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने चितवनको आमसभामा सम्बोधन गर्न जाने भएका छन्। गठबन्धनले यही बिहीबार […]

प्रधानमन्त्री देउवा निस्किएलगत्तै प्रचण्ड पुगे ओलीको कार्यकक्षमा, भेटवार्ता जारी

काठमाडौं, १२ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर निस्किएलगत्तै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ओलीलाई भेटन पुगेका छन् । अहिले प्रचण्ड ओलीको कार्यकक्षमा छन् । उनीहरुबीच छलफल जारी छ। आजै साँझ ७ बजे बस्ने बैठकमा एमाले र कांग्रेसबीच राजनीतिक लेनदेनबारे सहमति हुने भएपछि प्रचण्ड ओलीलाई भेट्न पुगेका […]

किन गए नेपाल निवासमा देउवा र प्रचण्ड

काठमाडौं। कारबाहीमा परेका एमाले नेता माधव नेपाललाई भेट्न कांग्रेसका सभापति शेरबहादुर देउवासँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) कोटेश्वर पुगेका छन्। महामन्त्री पूर्णबहादुर खड्कालाई साथै लिएर देउवा नेपाल निवास पुगेका छन्। देउवा पुगेको केहीबेरमै प्रचण्ड पनि नेपाल निवास पुगेको बताएका छन्।संसद पुनर्थापना सम्बन्धी अदालतमा चलिरहेको मुद्दा र एमालेभित्रको विकसित राजनीतिक घट्नाक्रमको विषयमा छलफल हुने कांग्रेस नेता रामहरि खतिवडाले बताए।

देउवा र प्रचण्ड नेपाललाई भेट्न कोटेश्वर पुगे

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पुगेका छन् । अहिले नेताहरुबिच छलफल चलिरहेको छ ।