१२ मंसिर, काठमाडौं । कर्णाली प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा सर्बराज खड्का नियुक्त भएका छन् ।
कर्णाली प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले खड्कालाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता विमला केसीले जानकारी दिइन् …