उमेश थानी आयल निगमको कार्यकारी निर्देशक

काठमाडौं, २७ फागुन । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेशप्रसाद थानी नियुक्त भएका छन् । हिजो बसेको मन्त्रिपरिषदको बैठकले थानीलाई नियुक्त गरेको हो । २५ फागुनमा थानीसहित तीन नाम छानेर मन्त्रिपरिषदमा नियुक्तिको सिफारिश गरिएको थियो । सिफारिशमा परेकामध्येबाट थानीले नियुक्ति पाएका हुन् । थानीको पृष्ठभूमि नेपाली काँग्रेससँग निकट छ । उनी पेशाले इञ्जिनियर हुन् । […]