प्रधानमन्त्री देउवाले गरे बालुवाटार प्रवेश

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारस्थित सरकारी निवासमा प्रवेश गरेका छन् । उनी शुक्रबार बिहान १० बजे बालुवाटारस्थित निवासमा सरेका हुन् । गत मङ्गलवार प्रधानमन्त्रीमा नियुक्त भएका देउवा बुढानीलकण्ठस्थित निजी निवासमा बस्दै आएका थिए । देउवा मङ्गलवार साँझ प्रधानमन्त्री नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार बालुवाटारस्थित सरकारी निवास छाडेका थिए ।

सम्बन्धित सामग्री

प्रधानमन्त्री प्रचण्ड सरकारी निवास बालुवाटार प्रवेश

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार प्रवेश गरेका छन् । आज बुधबार बेलुकी उनी बालुवाटार सरेका हुन् । प्रधानमन्त्री प्रचण्ड ज्योतिषले निकालेको शुभ साइतमा बालुवाटार प्रवेश गरेका हुन् । यसअघि आजै निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारबाट धुम्बाराहीमा भाडाको घरमा सरेका थिए ।

प्रधानमन्त्री दाहाल बालुवाटार सरे, छोरी गंगाले बुझिन् चाबी (फोटोफिचर)

काठमाडौं, १३ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल आज साँझ सरकारी निवास बालुवाटार सरेका छन् । ज्योतिषले जुराएको साईतअनुसार नै प्रधानमन्त्री दाहाल आज साँझ ६ः४५ बजे बालुवाटार प्रवेश गरेका हुन् । सो क्रममा बालुवाटारको सरकारी निवासको चाबी सरकारी अधिकारीहरुले प्रधानमन्त्री दाहालकी कान्छी छोरी गंगा दाहाललाई हस्तान्तरण गरेका थिए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

प्रधानमन्त्री प्रचण्ड सरकारी निवास बालुवाटार सर्नुभयाे

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्नुभएकाे छ । आज बुधवार बेलुकी उहाँ बालुवाटार सर्नुभएकाे हाे ।  प्रधानमन्त्री प्रचण्ड ज्याेतिषीले निकालेकाे शुभ साइतमा पूजापाठ गरेर बालुवाटार प्रवेश गर्नुभएकाे हाे । प्रधानमन्त्री प्रचण्ड बालुवाटारमा प्रवेश गरेपछि सहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यले निवासको साँचो प्रधानमन्त्री पुत्री गंगा दाहाललाई हस्तान्तरण गर्नुभएकाे छ । यसअघि आजै निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारबाट धुम्बाराहीमा भाडाका...

प्रधानमन्त्री दाहाल सरकारी निवास बालुवाटार प्रवेश (फोटोफिचर)

काठमाडौं, १३ पुष । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारी निवास बालुवाटार प्रवेश गरेका छन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि आफ्नै निजी निवास खुमलटारमा बस्दै आएका प्रधानमन्त्री दाहाल भर्खरै बालुवाटार प्रवेश गरेका हुन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

सरकारी निवास बालुवाटार सरे प्रधानमन्त्री प्रचण्ड

१३ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारी निवास बालुवाटारमा सरेका छन् । उनी बुधबार साँझ बालुवाटार प्रवेश गरेका हुन् । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार विहानमात्र बालुवाटारबाट भाडाको घरमा सरेका थिए । प्रधानमन्त्री प्रचण्ड ज्योतिषले निकालेको साइतमा बालुवाटार प्रवेश गरेका हुन् । उनले बालुवाटारमा गृहप्रवेशअघि पूजापाठसमेत गरेका थिए ।

बालुवाटार प्रवेश नगर्दै प्रधानमन्त्री दाहालको यस्तो बोल्ड निर्देशन

काठमाडौं, ११ पुष । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले आज अपरान्ह ४ बजे पद तथा गोपनियताको शपथ लिँदैछन् । प्रधानमन्त्री दाहाल आजै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार प्रवेश गर्ने कार्यक्रम रहेको छ । बालुवाटार प्रवेश गर्नुअघि प्रधानमन्त्री दाहालले बालुवाटारमा महँगो र भड्किला सामान नकिन्न आफ्नो सचिवालयलाई निर्देशन दिएका छन् । प्रचण्डले आफू निर्णायक अवस्थामा देशको नेतृत्वमा पुगेको […]

प्रधानमन्त्री शेर बहादुर देउवा बालुवाटार प्रवेश

प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटार सरेका छन् ।मंगलबार प्रधानमन्त्रीको सपथ लिएका देउवा शुक्रबार बिहान बुढानीलकण्ठबाट सरकारी निवास बालुवाटार सरेका हुन् । प्रधानमन्त्री देउवा बिहान (१०ः०३) बजेको शुभसाईतमा मा प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गरेका हुन् ।उनलाई निजी निवास बुढानीलकण्ठदेखि बालुवाटारसम्म सुरक्षाकर्मीले स्कटिङ गरेका थिए ।सर्वोच्चको परमादेशपछि गत मंगलवार संविधानको धारा ७६ को उपधारा ५ बमोजिम […]

शुभ साइत हेरेर प्रधानमन्त्री देउवाको बालुवाटार प्रवेश

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारस्थित सरकारी निवास सरेका छन्। प्रधानमन्त्री देउवा शुक्रबार बिहान ९ः५७ बजेको शुभ साइतमा बालुवाटार सरेको उनको निजी सचिवालयले जनाएको छ। मंगलबार प्रधानमन्त्रीको शपथ लिएपनि उनी बुढानीलकण्ठस्थित निवासमा बस्दै आएका थिए। देउवा प्रधानमन्त्री नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटार छाडेका थिए।

प्रधानमन्त्री देउवा बालुवाटार प्रवेश

प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटार प्रवेश गरेका छन् । प्रधानमन्त्री देउवा शुक्रबार विहान ९ः५७ बजेको शुभ साइतमा बालुवाटार सरेको उनको सचिवालयले जनाएको छ । गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएपनि निजी निवास बूढानीलकण्ठमै बस्दै आएका थिए । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै बुधबार निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छोडेका थिए ।