नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम शुक्रवार बसेको एमाले स्थायी कमिटीको बैठकमा अनुपस्थित भएका छन् ।
असार १८ र १९ गते बसेको केन्द्रीय कमिटी बैठकमा गौतम सहभागी भएका थिए । असार २८ गते बालुवाटारमा बसेको स्थायी कमिटीको अनौपचारिक बैठकमा पनि गौतम सहभागी थिए ।
पुष्पलाल स्मृति प्रतिष्ठानको हलमा जारी शुक्रवारको स्थायी कमिटी बैठक शुरू भएको एक घण्टासम्म गौतम उपस्थित भएका छैनन् ।
असार १८ गते केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै गौतमले आफू कुनै पक्षमा नलागेको र एकताको पक्षमा लाग्ने बताएका थिए ।