जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई आज बुधवार कैलालीको टीकापुर जाने भएका छन् ।
सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेको विरोधमा जसपाले आज सबै जिल्लामा जनसभा गर्ने निर्णय गरेको छ । नेता भट्टराईले कैलालीको टीकापुरमा हुने जनसभामा सहभागिता जनाउने छन् ।
भट्टराईले प्रतिगमनविरुद्ध हुने जनसभामा सहभागी हुन सबैलाई आह्वान गरेका छन् ।
उनले फेसबूकमा लेखेका छन्, ‘ओली प्रतिगमनविरुद्ध आज (माघ ७ गते) सबै जिल्लाहरूमा हुने जसपाको जनसभामा सहभागी बनौं । ...