विपिनलाई भ्याइ नभ्याइ, हातमा बलिउड फिल्म 'एनिमल'देखि 'चङ्गा चेट २' सम्म

काठमाडौं : अभिनेता विपिन कार्की नयाँ फिल्म 'चङ्गा चेट २' मा अनुबन्धित भएका छन्। दिपेन्द्र के खनालको निर्देशनमा बन्ने फिल्ममा विपिन अनुबन्धित भएका हुन्। भर्खरै दिपेन्द्रकै निर्देशनमा रहेको ‘के घर के डेरा’को छायांकन सकेका विपिनको व्यस्तता अब केही महिना बढ्ने देखिएको छ। यतिवेला पटकथाको काम भइरहेको 'चङ्गा चेट २' तिहारपछि छायांकनमा जाने बताइएको छ। त्यसअघि विपिनले आफ्नो पहिलो बलिउड फिल्म ‘एनिमल’को छायांकन सक्नेछन्। भर्खरै घोषणा भएको रामबाबु गुरुङ