सुर्खेत – अर्थमन्त्री जनार्दन शर्माले दूरदराजसम्म बीमाको पहुँच पुर्याउन बीमा समितिलाई निर्देशन दिनुभएको छ । आज बिहीवार सुर्खेतमा रहेको बीमा समितिको प्रादेशिक कार्यालय उद्घाटन गर्दै उहाँले कर्णालीका धेरैजसो नागरिक बीमाको पहुँच बाहिर रहेकाले सेवा विस्तार गर्न निर्देशन दिनुभएको हो ।
अर्थमन्त्री शर्माले बीमा समितिको अधिकार प्रदेशसम्म विस्तार गर्न कार्यालय खोलिएकाले बीमा सेवा सहर–बजारमा सीमित नभइ गाउँ–गाउँसम्म पुग्नुपर्ने बताउनुभयो । बीमा सेवा समग्र आर्थिक क्रियाकलापसँग जोडिएकाले विश्वसनीय वात...