सरकारी अनुदानको चिनी खरिद प्रक्रिया अहिलेसम्म अगाडि बढ्न सकेको छैन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भन्सार छुटमा चिनी खरिदका लागि अर्थ मन्त्रालयसँग स्वीकृति माग्दा स्वीकृति नआएपछि चिनी खरिद नै अन्योल भएको हो ।
अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता चिनी खरिद स्वीकृति मागको फाइल मन्त्रालयमा आए पनि खरिदको विषयमा अहिलेसम्म कुनै निर्णय नभएको जानकारी दिनुुभयो । उहाँले भन्नुुभयो, “चिनी खरिदको विषयमा मन्त्रालयमा धेरै पटक छलफल भएको छ तर अहिलेसम्म चिनी के कति परिणामको खरिद गर्न स्वीकृति दिने भन्ने विषयमा कुनै निर्णय भएको छैन । ”