प्रेस चौतारी नेपालका पूर्वकेन्द्रीय अध्यक्ष बालकृष्ण चापागाईंले विद्रोहको औचित्य पुष्टि नभएकाले आफू पुरानै घर एमालेमा फर्किएको बताएका छन् । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्य तथा अर्थ एवं योजना विभागको प्रमुख रहेका चापागाईँ पार्टी परित्याग गरेर एमालेमा फर्किएका थिए ।प्रेस चौतारी नेपाल रुपन्देहीको जिल्ला कमिटीको बैठकलाई बुधबार सम्बोधन गर्दै उनले भने, ‘जुन उद्देश्यले एकीकृत समाजवादी पार्टी स्थापना भएको थियो, त्यसको औचित्य पुष्टि हुन सकेन, त्यसकारण म पुरानै घर फर्किएको हुँ ।’