‘मिष्टर इण्डिया’ मनोजद्वारा आत्महत्या प्रयास

मुम्बई(नवभारत टाइम्स)– ‘मिष्टर इण्डिया’ विजेता मनोज पाटिलले आत्महत्या प्रयास गरेका छन् । बडी बिल्डरसमेत रहेका उनले मुम्बईमा आत्महत्याको प्रयास गरेका हुन् । उनले आत्महत्या प्रयास गर्नुअघि एक सुसाइड नोट लेखेका थिए । उनले आफ्नो आत्महत्याको पछाडि अभिनेता साहिल खान जिम्मेवार रहेको उल्लेख गरेका छन् । उनले साहिललाई एकपछि अर्को गम्भीर आरोप लगाएका छन् । उनले […]

सम्बन्धित सामग्री

२४ घण्टाभित्र चार किशोरकिशोरीद्वारा आत्महत्या प्रयास

राजविराज । जिल्लामा आत्महत्या घटना वृद्धि भइरहेकै बेला २४ घण्टाभित्र तीन किशोरीसहित चार जनाले विष सेवन गरी आत्महत्या प्रयास गरेका छन् । शनिबार मात्र एक युवा र एक युवतीले विष सेवन गरी आत्महत्या प्रयास गरेका छन् । उनीहरूको स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भइरहेको छ । अस्पतालको आकस्मिक कक्षका अहेब महानायराण यादव परसैलाका अनुसार […] The post २४ घण्टाभित्र चार किशोरकिशोरीद्वारा आत्महत्या प्रयास appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

काँडाघारीमा आफैंले घाँटी रेटेर युवकले गरे आत्महत्या प्रयास

दम्पतीको बीचमा विवाद हुँदा काठमाडौंको काँडाघारीमा युवकले आफ्नो घाँटी काटेर आत्महत्या गर्ने प्रयास गरेका छन् । ओखलढुंगाको चम्पादेवी नगरपालिका–४ घर भई काँडाघारीस्थित ढुंगेधारामा बस्ने २८ वर्षीय गणेश कार्कीले चक्कुले घाँटी काट्ने प्रयास गरेका हुन् ।दम्पतीको बीचमा मनमुटाव हुँदा कार्कीले आत्महत्या प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । प्रहरी प्रभाग काँडाघारीको टोलीले उद्दार गरेर उनलाई अस्पताल पठाएको छ । चक्कुले काटेर उनको घाँटीको अगाडीको भागमा चोट

आत्महत्या प्रयास गर्ने युवकको पेटबाट निकालियो पेटीको ‘बक्कल’ र सिक्री

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले एक विरामीको पेटबाट पेटीको ‘बक्कल’ र सिक्री निकालेको छ । भोजपुर नगरपालिका–१२ टक्सारका २१ वर्षीय युवाको पेटबाट कम्मरमा बाँध्ने पेटीको बक्कल र घाँटीमा लगाउने फलामको सिक्री निकालिएको हो ।परिवार स्रोतका अनुसार ती युवाले आत्महत्या प्रयास गर्ने क्रममा आफैले कम्मरमा लगाएको पेटीको बक्कल र घाँटीमा लगाएको सिक्री निलेका थिए । घटनापछि उपचारका लागि नोबेल ल्याइएका ती युवाको पेटबाट दुवै सामान निकालिएको हो । विना चिरफार इण्डोस्कोपिक विधिमार्फत पेटमा भएको बक्

गरिबीबाट मुक्ति पाउन सपरिवार आत्महत्या प्रयास!

एकैसाथ विष पिएर आत्महत्या गर्ने उनीहरूको प्रयास भने सफल हुन सकेन। विष सेवन गरेकामध्ये एकजनाको मृत्यु भयो, चारजनाको अवस्था गम्भीर छ।...

प्रहरी जवानद्वारा आफैँलाई गोली हानेर आत्महत्या प्रयास

धनगढी- कैलालीमा एक जना प्रहरी जवानले आफैँमाथि गोली प्रहार गरी आत्महत्या प्रयास गरे पनि उनी खतरामुक्त भएका छन्। कालिकोटको कालाकुण्ड प्रहरी चौकीमा कार्यरत प्रहरी जवान झंकर बोहराले ड्युटीमै रहेका बेला शनिबार बेला आफैँमाथि गोली प्रहार गरेका थिए। गोली प्रहारबाट घाइते भएका प्रहरी जवान बोहरालाई उपचारका लागि काठमाडौँको प्रहरी अस्पताल पुर्‍याइएको र उनी खतरामुक्त रहेको जिल्ला […]

हिरासतमै आत्महत्या प्रयास

बझाङ : जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा एक महिलाले आत्महत्याको प्रयास गरेकी छन्।जिल्लाको जयपृथ्वी नगरपालिका–३ बाट २८ किलो चरेशसहित पक्राउ परेकी ३४ वर्षीया कल्पना रोकायाले आइतबार जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा आत्महत्या गर्ने प्रयास गरेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी कमलप्रसाद चौधरीले बताए।उनले भने, ‘अनुसन्धानका लागि हिरासतमा राखेका थियौँ। आज बिहान ११ बजेतिर हिरासतको शौचालयमा हाते रुमालको प्रयोग गरी आत्महत्या प्रयास गरेको थाहा भयो।’रोकाया मंसिर १४ गत

उपचार खर्च नभएर विष खाएर आत्महत्या प्रयास

सिरहामा उपचार गर्ने खर्च नभएर एक पुरुषले विष खाएर आत्महत्या प्रयास गरेका छन्

छोराको हत्या गरी आमाद्वारा आत्महत्या प्रयास

दैलेखको डुंगेश्वर गाउँपालिका–३ लेक्चाका थिरबहादुर थापा मगरकी श्रीमती हिरा थापा मगरले तीन वर्षीय छोरा उमेशको हत्या गरी आत्महत्या प्रयास गरेकी छिन् ।छोरालाई डोरीले झुन्ड्याएर हत्या गरी उनले लेक्चा खोलाको भिरबाट हामफालेर...

दैलेखमा बालकको हत्या, आमाले गरिन् आत्महत्या प्रयास

१२ चैत, सुर्खेत । दैलेखको डुंगेश्वर गाउँपालिका-३ मा ३ वर्षका बालकको हत्या भएको छ, उनकी आमा २९ वर्षकी हिरा थापाले आत्महत्या प्रयास गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक इन्द्रजित सुनारका अनुसार हिराले छोरा उमेशको घाँटी थिचेर हत्या गरेकी हुन् र आफूले लेक्चा खोलाको भीरबाट हामफालेर आत्महत्या प्रयास गरेकी […]