कर्णालीमा माओवादी केन्द्रले चार मन्त्रालय नछाड्ने

कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र) ले चारवटा मन्त्रालय नछाड्ने भएको छ । त्यसका लागि माओवादी केन्द्र संसदीय दलको बैठकले बिहीबार निर्णय गरिसकेको छ । गठबन्धन दलहरुमध्ये माओवादी सबैभन्दा ठुलो दल हो । त्यसैले पनि माओवादी केन्द्रले हैसियतका आधारमा चार मन्त्रालय नछाड्ने अडान लिएको हो ।माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक ठम्मर विष्टले रातोपाटीसँग भने, ‘सरकारमा सहभागी हुनका लागि भने आवश्यक निर्णय लिने जिम्मा दलका नेता तथा पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिइएको छ ।’ ख

सम्बन्धित सामग्री

माओवादी केन्द्रले डाक्यो पदाधिकारी बैठक

काठमाडौँ- नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक डाकेको छ । बिहीबार साँझ ५ बजे बस्नेगरी माओवादी केन्द्रले पदाधिकारी बैठक डाकेको हो । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । बैठकमा मन्त्रिपरिषदको पूर्णता, समसामयिक राजनीतिक घटनाक्रम, सरकारका नीति तथा कार्यक्रमबारे छलफल हुनेछ ।

धनुषामा माओवादी केन्द्रले खाता खोल्यो

जनकपुरधाम : धनुषामा माओवादी केन्द्रले खाता खोलेको छ।धनुषाको कमला नगरपालिका वडा नम्बर  १ मा नेकपा माओवादी केन्द्रले वडाध्यक्षमा जित्दै खाता खोलेको हो। माओवादी केन्द्रका सर्वदेव यादव ९९१ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका हुन्।उनले निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका वडाध्यक्षका उम्मेदवार राजकुमार यादवले ५६५ मत ल्याएका छन्। सर्वदेव ४२६ मतान्तरसहित विजयी भएका हुन् ।

रुकुम पश्चिमका सबै पालिकामा माओवादी केन्द्रले उम्मेदवार चयन

सुर्खेत । नेकपा माओवादी केन्द्रले रुकुम पश्चिमका सबै पालिकाको प्रमुख र उपप्रमुखमा उम्मेदवार सिफारिस गरेको छ । गठबन्धनको निर्णय कार्यान्वयन गर्न आवश्यक परेमा जोकोहीको पनि उम्मेदवारी फिर्ता हुने सर्तसहित उम्मेदवार सिफारिस गरिएको नेकपा माओवादी केन्द्रले बताएको छ । अध्यक्षमा सिफारिस भएकाहरू सबै नयाँ अनुहार छन् । माओवादी केन्द्रले चौरजहारी नगरपालिका प्रमुखमा पुष्प वादी, उपप्रमुखमा ईश्वरी […]

माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक

काठमाडौँ– सत्तारुढ दल नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ। माओवादी केन्द्रले सिंहदबारस्थिल दलको कार्यालयमा बुधबार बिहान १० बजे बस्ने गरी संसदीय दलको बैठक बोलाएको सो पार्टीका सांसद अमनलाल मोदीले जानकारी दिए। बुधबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ। यसअघि माओवादी संसदीय दलको बैठक बस्न लागेको हो। बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा सरकारले एमसीसी […]

माओवादी केन्द्रले अझै टुंग्याउन सकेन पदाधिकारी संख्या

८ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा हुने राष्ट्रिय सम्मेलनबाट चयन हुने पदाधिकारी संख्या अझै टुंग्याउन सकेको छैन । पदाधिकारीको संख्या टुंगो लगाउन माओवादी केन्द्रले नेता देव गुरुङको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल पनि बनाएको छ । कार्यदलमा पदाधिकारी संख्या बढाउने विषयमा छलफल भएको तर, निष्कर्षमा नपुगेको संयोजक गुरुङले बताए […]

माओवादी केन्द्रले बोलायो स्थायी समिति बैठक

नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ । बिहीबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको माओवादी केन्द्रले जनाएको छ ।  प्रदेश सम्मेलनको बारेमा छलफल गर्न बैठक बोलाइएको...

यी आठ जिल्लामा माओवादी केन्द्रले तोक्यो जिल्ला संयोजक

सत्तारुढ नेकपा माओवादी केन्द्रले प्रदेश–२ का आठ जिल्लामा पार्टीको जिल्ला संयोजक तोकेको छ ।

माओवादी केन्द्रले टुंग्यायो गण्डकी सरकारमा सहभागी हुने मन्त्री

गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने सदस्यको नाम टुंगो लगाएको छ । माओवादी केन्द्रले अर्थ मन्त्रालयमा रामजी बराल, कृषिमा चन्द्रबहादुर बुढा र वन तथा वातावरणमा दीपक चर्तीमगरलाई पठाउने...

माओवादी केन्द्रले राष्ट्रियसभा सदस्यबाट खड्कालाई पनि हटायो

माओवादी केन्द्रले रामबहादुर थापा बादलपछि राष्ट्रियसभाका अर्का सदस्य चन्दबहादुर खड्कालाई पनि हटाएको छ

माओवादी केन्द्रले कांग्रेस र जसपासँग वार्ता गर्ने, बैठक स्थगित

नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग वार्ता गर्ने निर्णय गरेको छ।