राष्ट्रपति कार्यालय शीतलनिवासले मंगलबार साँझ ६ बजे शपथ ग्रहणका लागि काँग्रेस सभापति शेरबहादुर देउवालाई निम्तो दिएको थियो । नवनियुक्त प्रधानमन्त्री देउवा बूढानीलकण्ठबाट शीतल निवास हिँड्ने तयारी गरिरहेकै थिए । मन्त्रीको सूची पनि तयार भइसकेको थियो । तर, दिउँसो राष्ट्रपति कार्यालयले जारी गरेको प्रेस विज्ञप्ति पढेपछि देउवा झस्किए ।राष्ट्रपति कार्यालयका तर्फबाट सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा हस्ताक्षरित एक वाक्यको विज्ञप्तिमा देउवाको नियुक्तिबारे लेखिएको थियो, ‘सम्माननीय राष्ट्रपति विद्य