मुख स्वास्थ्यमा अपनाउनुपर्ने सावधानी

सावधानी दाँत झरेर नै जाने हो भन्ने भ्रम अधिकांशमा छ । आधारभूत र गुणस्तरीय मुख स्वास्थ्य सेवा नागरिकको सुलभ र सहज पहुँचबाट धेरै टाढा छ । अधिकांश मुखका रोग र समस्याबाट ग्रसित छन् । दाँत दुखेपछि मात्र उपचार गर्छु भन्दा धेरै ढिलो भइसक्ने भएकाले बढी दुखाइ–पीडा सहनुपर्ने, धेरै पैसा खर्च हुने, समय लाग्ने मात्र नभई दाँत नै नजोगिन सक्छ । विश्वमै सबैभन्दा बढी मानव समुदायलाई सताउने नसर्ने दीर्घकालीन प्रकृतिका रोगमा मुखमा पाइने रोग पर्छन् । यी रोगले पैदा गर्ने दुखाइ, असहजता, कुरूपपना र कहिलेकाहीँ हुने मृत्युले मान्छेको गुणस्तरीय जीवनमा प्रभाव पार्दछ । यसले व्यक्ति, समाज र राज्यको जीवनमा अनावश्यक आ