रवि लामिछानेको राजनीतिक छलाङ, खै त तयारी ?

टेलिभिजन कर्मलाई तिलाञ्जलि दिंदै राजनीतिमा होमिएका छन् पत्रकार रवि लामिछाने । असार ७ गते उनले राष्ट्रिय स्वतन्त्र पार्टी गठन गर्ने र चुनाव चिन्ह घण्टी लिने उद्घोष गरेपछि नेपालको राजनीति केही तरंगित बनेको छ । पार्टी र चुनाव चिन्हको विषयलाई लिएर तत्कालै विभिन्न क्षेत्रबाट विभिन्न प्रतिक्रिया आउन थालेका छन् । यसअघि आफ्नो पत्रकारिता पेसालाई यस्तै गरी लत्याएर नेपालमा कायापलट गर्छु भन्ने  जोस जाँगर लिएर विवेकशील साझा पार्टी गठन गरेका थिए रविन्द्र मिश्रले । तर उनको चाहना पुरा भएन । बरु त्यो पार्टी

सम्बन्धित सामग्री

प्रतिपक्षमा बस्दैमा राजनीति सकिँदैन, सबै तयारी अहिले भन्न मिल्दैन : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिपक्षमा पुग्ने वित्तिकै राजनीति नसकिने बताएका छन्। उपराष्ट्रपति निर्वाचनमा मतदान गरिसके पछि संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले प्रतिपक्षमा बस्दैमा राजनीति नसकिने बताए।केन्द्र प्रदेश सबैतिर सत्ता गुमाउँदैछ नि भन्ने पत्रकारको प्रश्नमा ओलीले प्रतिप्रश्न गर्दै भने, हाम्रो सिट घट्छ कि के? प्रतिपक्षमा बस्नेवित्तिकै राजनीतिक सकिने भन्ने छ र ? अमेरिकामा रिपब्लिकन पार्टी प्रतिपक्षमा छ उसको राजनीति सकिएको छ त ?’

डडेल्धुरामा प्रतिनिधि र प्रदेशसभा निर्वाचनको तयारी तीव्र

डडेल्धुरा :  आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि डडेल्धुरामा तयारी तीव्र पारिएको छ।जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयले चुनावको तयारी तीव्र पारेको हो। यसैक्रममा मुख्य निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार जिल्लामा सर्वपक्षीय र सर्वदलीय बैठक सम्पन्न गरेको छ।यसका साथै शुक्रबार नै जिल्लास्थित राजनीतिक दलहरूलाई निर्वाचन आचारसंहिता र निर्वाचन कार्यक्रमका बारेमा जानकारीसमेत गराइएको छ। सर्वदलीय बैठकमा जिल्ला निर्वाचन अधिकारी करुणाकर अवस्थीले चुनावका बेला राजनीति

जसपाको राजनीतिक समितिको बैठक सुरु

जनता समाजवादी पार्टी नेपालको राजनीतिक समितिको बैठक सुरु भएको छ । आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावको तयारी, संगठन विस्तार लगायतका विषयमा छलफल गर्न राजनीति समितिको बैठक बालकुमारीमा सुरु भएको हो ।संघ, प्रदेशको चुनावमा कस्ता कस्तालाई उम्मेदवार बनाउने त्यसका मापदण्डको विषयमा छलफल गर्नुको साथै पार्टी समायोजन तथा संगठन विस्तारलगायतका विषयमा पनि छलफल हुने बताइएको छ । जसपा विभाजन भएपछि यो पहिलो राजनीति समितिको बैठक हो । यो बैठक बस्नुअघि कार्यकारिणी समितिको बैठक बसेको थियो ।

स्थानीय चुनावको सरगर्मी : मकवानपुरमा दलहरूको चहलपहल बढ्दै

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति तोकेसँगै मकवानपुरका राजनीतिक दलहरूको सक्रियता बढेको छ । आगामी वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचन नजिकिएसँगै राजनीति दलहरू आन्तरिक तयारीमा जुटेका छन् । नेकपा एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्र र राप्रपाले निर्वाचन केन्द्रित कार्यक्रममा पार्टी भित्र आन्तरिक तयारी अगाडि बढाएको हो । उता सरकार र निर्वाचन आयोगले पनि स्थानीय तह निर्वाचनका कार्यक्रमको आन्तरिक तयारी अगाडि बढाइरहेको छ ।जिल्लामा विशेष गरी एमाले र काँग्रेसले सङ्गठन विस्तारको ब

बाग्मती प्रदेशमा राजनीति नियुक्ति धमाधम खारेज हुँदै

काठमाडौं, माघ २८ । अघिल्लो प्रदेश सरकारले गरेको सम्पूर्ण राजनीति नियुक्ति बाग्मती प्रदेशमा धमाधम खारेज गर्न थालिएको छ । राजेन्द्र पाण्डे नेतृत्वको सरकारले तत्कालीन नेकपा एमालेबाट मुख्यमन्त्री बनेका डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारले गरेको सम्पूर्ण राजनीतिक नियुक्ती यसै हप्ताभित्र खारेज गर्ने तयारी गरेको हो । प्रदेश सरकारले सम्पूर्ण राजनीतिक नियुक्ति खारेज गर्ने प्रक्रिया […]

एमसीसी अघि बढाउँदै सरकार

सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अघि बढाउने तयारी गरिरहँदा राजनीतिक दलहरू भने फेरि एकपटक राजनीति गर्न सुरु गरेका छन् ।यसअघि पनि राजनीतिक दलको खिचातानीका कारण बन्धक बनेको अमेरिकी सहयोगअन्तर्गतको एमसीसीमा यसपटक अघिल्लो सरकारका प्रधानमन्त्री केपी शर्मा ओली नै अगाडि देखिएका छन् । ओली आफू सरकारमा रहँदा एमसीसी पास गर्न हतार गर्थे । तर नेकपा एमाले […]

सरकारले राजनीतिक अध्यादेश ल्याएर प्रतिवाद गर्ने ओलीको उद्घोष

काठमाडौं : सरकारले दल विभाजन सम्बन्धि अध्यायदेश ल्याए नेकपा एमालेले त्यसको प्रतिवाद गर्ने निर्णय गरेको छ। आज बसेको स्थायी कमिटीको बैठकले गठबन्धनको सरकारले राजनीति दल सम्बन्धि अध्यादेश ल्याउने तयारी गरेको भन्दै त्यसको विरोध गर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। 'संसद अधिवेशनलाई आकस्मिक रुपमा अन्त्य गरेर पार्टी विभाजनको लागि अध्यादेश…

राजनीतिक उतारचढावले बागमती प्रदेशको संसद अनिश्चित

हेटौंडा : पछिल्लो समयको राजनीतिक उतारचढावले बागमती प्रदेशको संसद बैठक अनिश्चित बनेको छ।केन्द्रमा एमाले नेतृत्वको सरकार ढलेर नयाँ सरकार आएसँगै बागमती प्रदेशमा पनि सरकार ढाल्ने र सरकारको आयु बढाउनेहरुको छुट्टाछुट्टै कसरत चलेको छ। जसले गर्दा बजेट पास गरेर स्थगित भएको संसद बैठक अनिश्चित बनेको हो।प्रतिपक्ष दल वर्तमान सरकार ढाल्नलाई आवश्यक तयारी गर्न व्यस्त छ भने सत्तापक्ष आफ्नो आयुलाई लम्ब्याउने योजनामा छ। असारको २८ गते प्रदेश सरकारको चालु आव ०७८/७९ को बजेट पारित गरेर स्थगित भएको संसद वर्तमान राजनीति