एमाले बैठकमा पुगे माधव नेपालको साथ छाडेका दोस्रो पुस्ताका नेताहरू

माधव नेपालको साथ छाडेका दोस्रो पुस्ताका नेताहरू एमाले स्थायी कमिटी बैठकमा सहभागी हुन तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासल पुगेका छन् । १० बुँदे सहमति कार्यान्वयन र पार्टीलाई जेठ २ को अवस्थामा फर्काउनुपर्ने माग राख्दै आएका स्थायी कमिटी सदस्यहरू अध्यक्ष केपी शर्मा ओलीसँग सोमवार भएको सहमतिपछि मंगलवारको बैठकमा सहभागी भएका हुन् । अध्यक्ष ओलीको बालकोटस्थित निवासमा सोमवार भएको छलफलमा पार्टीलाई जेठ २ को अवस्थामा फर्काउने सहमति भएको थियो । सहमतिसँगै उपाध्यक्षत्रय भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, उपमहासचिव घ...