जनता समाजवादी पार्टीको विवाद निरुपणका लागि निर्वाचन आयोगले इजलास गठन गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र अन्य आयुक्तहरुसहित इजलास गठन गरिएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभएको छ । आगामी साउन ३ गते इजलास उपर सुनुवाई हुने पनि उहाँले बताउनुभएको छ ।
राजनीतिक दल सम्बन्धि ऐन २०७३ अनुसार आपसी सहमतिमा पनि जसपाका केन्द्रीय कार्यकारिणी समितीका अध्यक्ष महन्थ ठाकुर र अध्यक्ष उपेन्द्र यादव पक्षबीचमा सहमति जुट्न नसकेपछि आयोगले इजलास गठन गरेको हो ।