प्रधानमन्त्री शेरबहादुर देउवा कर्णाली र सुदूरपश्चिम प्रदेशको बाढीपहिराले पुर्याएको क्षतिको अवस्थाबारे जानकारी लिन स्थलगत निरीक्षण सुरु गर्नुभएको छ । प्रधानमन्त्री देउवाले आज सुर्खेत विमानस्थलमा बाढीपहिराले कर्णाली प्रदेशमा पुर्याएको क्षतिबारे प्रदेश सरकार र सुरक्षा निकायका प्रमुखबाट जानकारी लिनुभयो । सुर्खेत विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै प्रधानमन्त्री देउवाले एक्कासी आएको बेमौसमी बाढीले ठूलो धनजनको क्षति पुर्याएकोमा आफू …