एलोन मस्कलाई पछिपार्दै फ्रान्सेली व्यापारी बर्ना आर्नो बने संसारको सबैभन्दा धनी व्यक्ति

काठमाडौं । यसअघि संसारको सबैभन्दा धनी व्यक्तिका रुपमा रहेका एलोन मस्कलाइ पछिपार्दै फ्रान्सेली लक्जरी सामान LVMH कोमालिक बर्ना आर्नो सबैभन्दा धनी अर्बपति बनेका हुन् ।  बर्ना आर्नोको कुल सम्पत्ति गत वर्ष ५० अर्ब डलरले बढेर २११ अर्ब डलर पुगेको छ । फोर्ब्सको ‘द रियल-टाइम अर्बपतिहरूको सूची’ अनुसार, एलोन मस्कको हालको सम्पत्ति अनुमानित १८० डलर बिलियन छ, जुन अघिल्लो वर्षको तुलनामा  ३९ बिलियन डलरले कम हो । टेस्लाको सेयरबाट खर्च भएको ४४ अर्ब डलरको ट्विटर खरिदका कारण मस्कको सम्पत्ति घटेको जनाइएको छ । यस वर्ष टेस्लालाइ धेरै घाटा भएको तर मस्कले Twitter किन्नु अघिको तुलनामा अझै कम भएको  सीएनएनको रिपोर्टले बताएको छ । LVMH  मालिक बर्ना अर्ना २०२२ मा Louis vuitton, Christian Dior and Tiffany & Co. को शेयरहरूबाट गत वर्षको तुलनामा २५ प्रतिशतले फइदा भएको फोर्ब्सको जनाएको छ । फोर्ब्सको सूचीमा रहेका सबैभन्दा धेरै पैसा गुमाउनेमा जेफ बेजोस रहेका छन् । उनि यसअघी दोस्रो स्थानमा थिए भने अहीले तेस्रो स्थानमा झरेका छन् । अमेजन शेयर गत वर्षको तुलनामा यो वर्ष ४० प्रतिशतले घटेकाले उनी तेस्रो स्थानमा झरेको फोर्ब्सको जनाएको छ । सूचीमा Oracle's Larry Ellison, Microsoft's Bill Gates, Berkshire Hathaway's Warren Buffett, Bloomberg LP's Mike Bloomberg  परेका छन् । मुकेश अम्बानी, गौतम अडानी, साइरस पूनावाला र लक्ष्मी मित्तल भारतीय धनी व्यक्ती हुन् जो शीर्ष १०० को सूचीमा परेका छन् । यस वर्षको सूचीमा कुल अर्बपतिहरूको संख्या २ हजार ६४० पुगेको छ । गत वर्ष यो संख्या २ हजार ६८८ रहेको थियो ।  एजेन्सी