काठमाडौँ, २ असोज । एनसेल आजियाटा लिमिटेडले आइतबारदेखि लागू हुने गरी नयाँ दुई विशेष अफर ल्याएको छ । आठौँ संविधान दिवसको अवसरमा ग्राहकहरुले अनलिमिटेड डेटा र अन नेट भ्वाइस प्याकका साथै अल नेट भ्वाइस र एसएमएस प्याकको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीको अनुुसार यी प्याक आइतबारदेखि तीन दिनका लागिमात्र संचालनमा रहनेछन् । […]