काठमाडौं : पाँचदलीय गठबन्धनमा सिट बाँडफाँडको विषय पेचिलो बन्दै गइरहेको वेलामा सत्ता गठबन्धनभित्रै उप-गठबन्धनको प्रयास भएको छ। गठबन्धनको सबैभन्दा ठूलो घटक नेपाली कांग्रेसले १६५ सिटमध्ये १ सय सिट दाबी गरेपछि उप-गठबन्धनको प्रयास थालिएको हो। गठबन्धनमा कांग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी (जसपा), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा सहभागी छन्। गठबन्धनमा कांग्रेसले धेरै सिटको दाबीसहित ५ वर्ष आफ्नै नेतृत्वको सरकार बनाउने निर्णय गरेपछि अन्य दलका शीर्ष नेताहर