जनकपुर धाममा विवाह पञ्चमीको उत्सव, तीन दिन सबै विद्यालय बन्द

काठमाण्डाै - राम सीता विवाह पञ्चमी महोत्सवको अवसरमा जनकपुरधामका सबै विद्यालय बन्द भएका छन् । जनकपुरधाम उपमहानगरपालिकाले विवाह पञ्चमी मेलामा हुने भीडभाडलाई मध्यनजर गर्दै आज, भोलि र पर्सि तीन दिन सबै विद्यालयले बन्द गर्ने निर्णय गरे अनुसार शैक्षिक संस्थाहरु बन्द भएका हुन् । विवाह पञ्चमी अन्तर्गत आज मटकोर हुँदैछ । भोलि त्रेतायुगमा जस्तै सीता–रामको साङ्केतिक विवाह हुनेछ । विवाह पञ्चमीमा नेपाल र भारतका सयौँ भक्तजन सहभागी हुने गर्छन् । यस्तै, विवाह पञ्चमीको दिन भोलि प्रदेश-२ सरकारले सार्वजनिक बिदा ...

सम्बन्धित सामग्री

किन चाहिन्छ निजी विद्यालय?

देशमा सरकारी सामुदायिक विद्यालय शिक्षा दलीय राजनीतीकरणको नराम्रो गरी शिकार भएको जगजाहेर छ जुन रोगबाट निजी विद्यालय मुक्त छन्।...

गण्डकी प्रदेशको ‘विद्यालय नर्स’ का लागि विद्यालय छनोट

गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘विद्यालय नर्स’ कार्यक्रमका लागि तनहुँका दुई विद्यालय छनोट गरेको छ । प्रदेश सरकारको वार्षिक स्वीकृत कार्यक्रमबमोजिम यहाँका दुई विद्यालय ‘विद्यालय नर्स’ कार्यक्रमका लागि छनोट भएका हुन् । आँबुखैरेनी गाउँपालिका–३ स्थित रामशाह माध्यमिक विद्यालय र ऋषिङ गाउँपालिका–६ स्थित श्रृङ्ग माध्यमिक विद्यालय यो कार्यक्रमका लागि छनोट भएका मन्त्रालयका निमित्तसचिव उदयबहादुर पराजुलीले […]

राष्ट्रपति विद्यालय सुधार कार्यक्रमका लागि लमजुङका ३१ विद्यालय छनाेट

लमजुङ –  राष्ट्रपति विद्यालय सुधार कार्यक्रमका लागि लमजुङका ३१ वटा सामुदायिक विद्यालय छनाेट भएका छन्। विद्यालयको स्तरोन्नति गर्न सरकारले ल्याएको कार्यक्रम अन्तर्गत जिल्लाका ७ स्थानीय तहका यी विद्यालय विभिन्न कार्यक्रमका लागि छनाेट भएका हुन्। राष्ट्रपति विद्यालय सुधार कार्यक्रमअन्तर्गत जिल्लाको बेसीशहर नगरपालिका र दोर्दी गाउँपालिका ६/६ वटा विद्यालय छनाेट भएका छन्। त्यसैगरी मध्यनेपाल, सुन्दरबजार र राईनास […]

दोगडाकेदारका विद्यालय पाँच दिनका लागि बन्द

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकाका सामुदायिक विद्यालय आजदेखि पाँच दिनसम्म बन्द भएका छन् । शिक्षक सेवा आयोगको परीक्षाका लागि अधिकांश शिक्षक विद्यालय उपस्थित हुन नसक्ने भएपछि विद्यालय बन्द गरिएका हुन् । गाउँपालिकाकाले एक सूचना जारी गर्दै आजेदेखि चैत १८ गतेसम्म विद्यालयहरू बन्द भएका जनाइएको छ । दोगडाकेदार गाउँपालिकाको शिक्षा समितिले गरेको निर्णयअनुसार नै विद्यालय बन्द […]

मेला लगाउन विद्यालय बन्द

जाजरकोट सदरमुकामको मुटु रहेको जिल्लाकै पुरानो त्रिभुवन माध्यमिक विद्यालय मेला लगाउनकै लागि बन्द गरिएको छ । पुस १२ देखि १६ गतेसम्म विद्यालय बन्द गरी मेला लगाएको हो ।रमाइलो मेला तथा सांस्कृतिक मेला भन्ने नारा दिएर विद्यालय हाताभित्र कार्यक्रम सञ्चालन गरिँदा विद्यालय बन्द भएको हो । “विद्यालय बन्द गरेर मेला लगाउनु ठिक नभए पनि सर्वदलीय सहमति गराएर जिल्ला प्रशासन कार्यालयमा गई निर्णय गराएपछि मेरो मात्र के लाग्छ ?”, प्राचार्य भक्तबहादुर मल्लले भने । मेला लगाएवापत विद्यालयलाई रु ५० हजार दिएक

आजदेखि विद्यालय खुल्यो

काठमाडौं महानगरपालिकाभित्रका विद्यालय आजदेखि सञ्चालनमा आउने भएका छन्। महानगरपालिकाले आवश्यक मापदण्ड पालना गराएर विद्यालय सञ्चालनमा ल्याउन सकिने निर्णय गरेपछि विद्यालय सञ्चालन हुने भएका हुन्।

उपत्यकाका विद्यालय अन्योलमा

काठमाडौं, असोज १ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरोकारवालासँग हतारमा विद्यालय खोल्न नहुने सहमति गरेपछि काठमाडौं उपत्यकाका विद्यालय खोल्ने वा नखोल्ने अन्योलमा परेको छ । ललितपुर महानगरपालिकाले आइतबारबाट विद्यालय खोल्ने तयारी गरेको छ । तर, त्यहाँका अधिकांश ठूला विद्यालयका सञ्चालकहरू भने विद्यालय खोल्ने पक्षमा छैनन् । अभिभावक महासंघले दशैंअघि विद्यालय नखोल्न दबाब दिएपछि निजी विद्यालयका […]

विद्यालय छाडेकालाई पुनः विद्यालय फर्काउन साइकल अभियान

सर्लाही, भदौ २२ । बिचैमा पढाई छाडेका बालबालिकालाई पुनः विद्यालय भर्ना गराउनका लागि सर्लाहीको ईश्वरपुरमा साइकल वितरण गरिएको छ । आर्थिक तथा अन्य विभिन्न समस्याका कारण विद्यालय छाडेका बालिकाहरुलाई विद्यालय फर्काएर अध्ययनलाई निरन्तरता दिने उद्देश्यले साइकल वितरण गरिएको हो । सेभ द चिडे«नको सहयोगमा विद्यार्थीलाई साइकल, विद्यालय झोला, पोसाक, स्टेशनरीसहित अन्य समानहरु वितरण गरिएको समन्वयकारी […]

विद्यालय खोल्न दबाब

काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले हिजो मंगलबारबाट भौतिक रूपमै विद्यालय सञ्चालन गरेपछि देशभरका विद्यालय खोल्न सरकारलाई दबाब परेको छ । लामो समयसम्म विद्यालय बन्द हुँदा विद्यार्थीको पठनपाठनमा समस्या परेको जनाउँदै संक्रमण कम भएका जिल्लामा विद्यालय खोल्न सरकारलाई दबाब परेको हो । सरकारले संक्रमण कम भएका जिल्लाका विद्यालय खोल्ने र बन्द गर्ने अधिकार स्थानीय तहलाई दिएको छ । सोही अधिकारको प्रयोग गर्दै गोकर्णेश्वर नगरपालिकाले भौतिक रूपमै विद्यालय सञ्चालन गरेको हो । अब सबै स्थानीय तहले विद्यालय खोल्ने विषयमा निर्णय गर्नुपर्ने बत...

सबै विद्यालय बन्द गर्न प्रशासनको निर्देशन

दमौली । जिल्ला प्रशासन कार्यालय तनहुँले सबै विद्यालय बन्द गर्न निर्देशन दिएको छ । कोभिडको जोखिम कायमै रहेको र विद्यालय खोल्ने अनुमति नभए पनि निजी तथा सामुदायिक विद्यालय सञ्चालनमा आएका थिए । प्रशासनको समन्वयमा सोमबार बसेको बैठकले सबै विद्यालय बन्द गर्न निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । उक्त बैठकमा प्याब्सन, […]