काठमाडौं । मानसिक रुपमा तयार नभएको भन्दै यसअघिका खेल नखेलेका क्रिकेटर सन्दीप लामिछाने पुनः नेपाली टिममा फर्किएका छन् । टी–२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा गरिएसँगै सन्दीप क्रिकेट राष्ट्रिय टिममा फर्किएका हुन् ।
स्पिनर सन्दीप लामिछानेलाई समेट्दै रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको छ ।
...