काठमाडौं : निर्वाचन आयोगले आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फ दोस्रो चरणको मतपत्र ढुवानी शुरु गर्ने भएको छ।पहिलो चरणमा प्रदेश १, मधेश र बागमती प्रदेशमा मतपत्र ढुवानी गरेको आयोगले आज कर्णालीलगायत प्रदेशका विभिन्न जिल्लामा मत पत्र पठाउन लागेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभातर्फ देशभरका लागि कुल २ करोड ४ लाख २१ हजार र प्रदेश सभातर्फ दुई करोड एक लाख ८४ हजार मतपत्र यसअघि नै छपाइ भइसकेको छ।यसबाहेक आयोगले निर्वाचन शिक्षाका