ब्राजिल र क्रोएसिया विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश

काठमाडौं । ब्राजिल र क्रोएसिया कतारमा जारी फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । ब्राजिलले दक्षिण कोरियालाई तथा क्रोएसियाले जापानलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेका हुन् । सोमबार राति भएको राउण्ड सिक्सिटन अन्तर्गतको खेलमा ब्राजिलले कोरियालाई ४–१ ले पराजित गर्दै क्वार्टरफाइनलमा पुगेको हो । यस्तै क्रोएसियाले जापानलाई पेनाल्टी सुटआउटमा ३– १ गोलले पराजित गरेको हो […]