अमेरिकी सेनाद्वारा ड्रोन आक्रमण, काबुल एयरपोर्ट आक्रमणका योजनाकार निशानामा

अफगानिस्तानमा अमेरिकी सेनाले इस्लामिक स्टेट (आईएस) विरुद्ध हवाई आक्रमण गरेको छ । बिहीबार काबुल एयरपोर्ट बाहिर भएको आक्रमणलगत्तै अमेरिकी सेनाले ड्रोनमार्फत आईएसविरुद्ध हवाई आक्रमण गरेको हो । काबुल एयरपोर्टमा भएको बम विष्फोटमा १३ अमेरिकी सैनिकसहित १७० जनाको मृत्यु भएको थियो ।हवाई आक्रमण इस्लामिक समूहका योजनाकारलाई लक्षित गर्दै हवाई आक्रमण सुरु गरिएको  अमेरिकी अधिकारीहरुलाई उदृत गर्दै बीबीसी हिन्दीले जनाएको छ । काबुल एयरपोर्ट बाहिर भएको हमलाको जिम्मेवारी आईएस– केले लिएको छ