आज र भोलि हल्का वर्षाको सम्भावना

काठमाडौं, कार्तिक ६ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शनिबार र भोली आइतबार देशका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार शनिबार देशभर आंशिकदेखि सामान्य बदली र हने सम्भावना छ। आज प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बाँकी प्रदेशहरूका एक–दुई […]

सम्बन्धित सामग्री

पश्चिमी वायु सक्रिय हुँदा आज र भोलि पानी पर्ने

काठमाडौं : पश्चिमी वायुको प्रभावका कारण आज र भोलि पानी पर्ने भएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान शाखाका अनुसार आज दिउँसो सुदूरपश्चिमका भूभागबाट पानी पर्न शुरू हुनेछ। यो वर्ष हिउँदमा हालसम्म पानी पर्न सकेको छैन। माघको तेस्रो सातामा आइपुग्दा पश्चिमी वायु देशको पश्चिमी भू-भागबाट प्रवेश गरेको हो। आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूका साथै बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहे

काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा, भोलि पनि हुने

काठमाडौं । स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यका (Kathmandu Valley) सहित देशका आधिकांश स्थानमा वर्षा (Rain Fall) भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् गोविन्दकुमार झाका अनुसार काठमाडौंमा विगत दुई घण्टादेखि मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ । अहिले कोशी, बागमती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भेगमा हल्का वर्षा भइरहेको छ । पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले आज र भोलि बदलीसँगै वर्षा गराउने उनले बताए ।  रातिको समयमा पनि देशका पहाडी क्षेत्रमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । रासस

मनसुन सकिएसँगै चिसो बढ्न थाल्यो, आज हल्का वर्षाको सम्भावना

मनसुन बाहिरिएसँगै पश्चिमी वायुको प्रभाव सक्रिय रहेकाले बदली र वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा मौसमविद् हीरा भट्टराईका अनुसार पछिल्ला दिनमा तापक्रम घट्दै गएको छ । पश्चिमी वायु सक्रिय रहेकाले चिसो पनि बढेको छ । मनसुन सकिएपछि पश्चिमी वायुको प्रवेश हुने भएकाले दुई दिन बदली र वर्षाको सम्भावना रहेको उनले बताए । उनले भने “मनसुन बाहिरिएसँगै पश्चिमी वायुहरू सक्रिय हुन्छन् आज र भोलि धेरै नै सक्रिय छन् जसले गर्दा सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा बदली गराएर पहाडी भू–भागमा हल्का वर्षा गराउने सम्भावना रहेको छ ।”पश्चिमी वायुसँगै चिसो पनि आउने भएकाले अबका दिनमा क्रमशः चिसो बढ्दै जाने मौसमविद् भट्टराईको भनाइ छ । यस वर्षको मनसुन गत शनिबारबाट नेपालको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र मधेस प्रदेशको पश्चिमी भू–भागबाट बाहिरिएको थियो । बाँकी प्रदेश नं १ को मनसुन पनि आइतबार बाहिरिएको छ । अहिले नेपालबाट मनसुन पूर्णरूपमा बाहिरिसकेको महाशाखाले जनाएको छ । गत जेठ २२ गते नेपालको पूर्वी भू–भाग भएर नेपालमा मनसुन प्रवेश गरेको थियो ।नेपालमा मनसुन बाहिरिएपछि पछिल्ला दिनमा देशैभरको मौसम सफा रहेको छ । मौसम खुलेपछि राजधानी काठमाडौँबाट उत्तरी भेगमा देखिन हिमशृङ्खला र हरिय डाँडाको मनमोहक दृश्यले शरद ऋतृमा रौनक थपिएको छ । तीन दिनयता खुलेको मौसममा क्यामेरामा कैद गरिएका मनोरम दृश्यले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा छाएको छ ।हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकाले देशैभरको मौसम सामान्यतया सफा रहेको छ । अहिले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको छ ।दिउँसो देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । रातिको समयमा गण्डकी प्रदेशलगायत देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहने महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । आज काठमाडौँको न्यूनतम १२ र अधिकतम तापक्रम २६ डिग्री सेल्सियस रहेको छ ।

आज र भोलि यी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौँ – पहाडी भूभागमा स्थानीय वायुको प्रभाव सामान्य परेको छ । बिहान प्रदेश १ मा आंशिक बदली भएको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो प्रदेश १ र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति पहाडी […]

आज र भोलि पहाडी भेगमा वर्षाको सम्भावना

काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीका कारण आइतवार र सोमवार पहाडी भू-भागमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।आइतवार बिहान पहाडी भू-भागमा आंशिक बदली रहेको छ तराईका केही भू-भागमा हुस्सु/कुहिरो  लागेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।दिउँसो पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै‚ उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ। बाँकी भू-भा