१७ बुँदे माग राख्दै तनहुँका किसान आन्दोलित

आफ्नो उत्पादन बिक्री नहुने तथा घाटा खाएर बेच्नुपरेको भन्दै तनहुँका कृषकले आन्दोलनको घोषणा गरेका छन्।

सम्बन्धित सामग्री

दुध किसान आन्दोलित, कृषिमन्त्रीको राजिनामा माग

राजविराज । दुध वापतको भुक्तानी, मनपरी कायम गरिएको मूल्य खारेजी, भारतबाट अवैध रुपमा भित्रीरहेको दुध तथा दुग्धजन्य पर्दाथमा रोक लगायतका मागा राखी संर्घषरत दुग्ध व्यवसायी तथा दुध किसानहरुले विभिन्न ११ बुंदे मागसहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् । सदरमुकाम राजविराजमा दुग्ध उत्पादक सहकारी संघ लि.को अगुवाईमा मंगलवार प्रर्दशन सहित दुग्ध व्यवसायी र किसानहरुले […] The post दुध किसान आन्दोलित, कृषिमन्त्रीको राजिनामा माग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मूल्य निर्धारणको माग राख्दै उखु किसान आन्दोलित

सर्लाही । चालु यामका लागि उखुको मूल्य निर्धारण र गत वर्ष विक्री गरेको उखुको अनुदान बापतको रकम भुक्तानीको माग राख्दै सर्लाहीका उखु किसान आन्दोलित भएका छन् । गत वर्ष उखु विक्री गरेबापत राज्यले दिनुपर्ने प्रतिक्विन्टल रु ७० मध्ये हालसम्म प्रतिक्विन्टल रु २१ मात्रै भुक्तानी भएको र बाँकी प्रतिक्विन्टल रु ४९ अनुदान बापतको रकम यथाशीघ्र भुक्तानी गर्नुपर्ने उनीहरूको माग छ ।  साथै चालु यामको लागि उखुको मूल्य प्रतिक्विन्टल रु सात सय ५० कायम गराउनुपर्ने उनीहरूको भनाइ छ । मिलगेट उखु उत्पादक समिति सर्लाहीका अध्यक्ष राजकुमार उप्रेतीले उखुका हरिया लाथ्रा प्रदर्शन गरेर गत शनिवारदेखि आन्दोलनका कार्यक्रम जारी रहेको जानकारी दिए । उनका अनुसार चालु यामका लागि उखुको मूल्य रु सात सय ५० तत्काल तोक्नुपर्ने र गत वर्षको अनुदान बापतको प्रतिक्विन्टल रु ७० मध्ये हालसम्म पनि भुक्तानी हुन बाँकी रहेको प्रतिक्विन्टल रु ४९ का दरले रु ५२ करोड रकम तत्काल भुक्तानी गर्नुपर्ने लगायतका माग किसानको छ ।  नेपाल उखु उत्पादक किसान महासङ्घका अध्यक्ष कपिलमुनी मैनालीले चालु यामको उखुको प्रतिक्विन्टल मूल्य निर्धारण नभएको र अनुदान बापतको राज्यले दिनुपर्ने बाँकी रकम भुक्तानी नभएको गुनासो गरे । उनले यस्तो अवस्थामा जिल्लाका उखु उत्पादक किसानले चिनी उद्योग सञ्चालन नगर्नसमेत आग्रह गरेको बताए । उनका अनुसार उखुको लागत र चिनीको विक्री मूल्य अनुसार उखुको मूल्य प्रतिक्विन्टल रु सात सय ५० हुनुपर्ने, गत वर्ष उखु विक्री गरेको अनुदान बापतको बाँकी रु ५२ करोड राज्यले तत्काल भुक्तानी गर्नुपर्ने र कृषि मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग मन्त्रालय, उद्योगपति र उखु उत्पादक किसानबीच वार्ता गर्नुपर्ने उनीहरूको भनाइ छ । रासस

बाँदर नियन्त्रण गर्न माग राखेर धादिङका किसान आन्दोलित

धादिङ : खेतबारीमा लगाएको अन्नपात र फलफूल बाँदरले सखाप पारेपछि धादिङका किसान आन्दोलित भएका छन्। वर्षभरि खाने अन्नपात फल लाग्ने बेला बाँदरले वर्षेनी नाश बनाउने क्रम झन बढ्न थालेको किसानले बताएका छन्।बाँदरले नष्ट पारेको मकैको बोटसहित शुक्रबार धादिङको नीलकण्ठ नगरपालिका–९ निगालपानी आसपासका किसानले सदरमुकाम धादिङवेसीमा प्रदर्शन गरेका छन्। मकैको बोटको माला बनाएर घाँटीमा झुण्डाउँदै प्रदर्शनमा उत्रिएका किसानले कृषि मन्त्रीको राजीनामा माग गरेका छन्।विगत वर्षदेखि नै बाँदर नियन्त्रणको लागि माग गर

रकम नपाएको भन्दै कपिलवस्तुका उखु किसान आन्दोलित

कपिलवस्तुका उखु किसानहरू आन्दोलित भएका छन् । उखु किसानले पाउनुपर्ने रकम नपाएको भन्दै बिहीबार इलाका प्रशासन कार्यालय चन्द्रौटामार्फत सरकारलाई उनीहरुले ज्ञापनपत्र बुझाएका छन् । आव २०७१/७२ मा प्रतिक्विन्टल नेपाल सरकारले दिने निर्णय गरेको रकम पनि अहिलेसम्म नदिएको भन्दै उक्त रकमको माग गरिएको छ । त्यस्तै महालक्ष्मी सुगर मिलले किसानको रकमबाट खरिद गरेको ड्रिल मेसिन आफ्नो …

रिलायन्स चिनी मिलविरुद्ध किसान आन्दोलित

मिलले रोप्न लगाएको उखु समय नै नपुगी सुक्न थालेपछि रिलायन्स चिनी मिलसँग क्षतिपूर्तिको माग गर्दै किसान आन्दोलित भएका हुन्।...

केराको बिमा रकम नपाएपछि किसान आन्दोलित

बारा– बाराको निजगढ नगरपालिकामा हावाहुरीले क्षति पुगेको केराको बिमा रकम नपाएपछि पीडित किसान आन्दोलनमा उत्रिएका छन् । मंगलबार उनीहरूले निजगढमा विरोध प्रदर्शन गरेका छन् ।  बिमाबापतको रकम माग गर्दै केरा उत्पादक तथा फलफूल व्यवसायी संघ निजगढमा आवद्ध किसानले निजगढ बजारमा प्रर्दशन गरेका हुन्। पटकपटक माग गर्दा पनि केराको बिमा रकम नपाएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको केरा […]

केराको बिमा रकम नपाएपछि निजगढका किसान आन्दोलित

बारा –  बाराको निजगढ नगरपालिकामा हावाहुरीले क्षति पुगेको केराकाे बिमा रकम नपाएपछि पीडित किसान आन्दाेलनमा उत्रिएका छन् ।मंगलबार उनीहरूले निजगढमा विरोध प्रदर्शन गरेका छन् । बिमाबापतको रकम माग गर्दै केरा उत्पादक तथा फलफूल व्यवसायी संघ निजगढमा आवद्ध किसानले निजगढ बजारमा प्रर्दशन गरेका हुन्। पटकपटक माग गर्दा पनि केराको बिमा रकम नपाएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको केरा किसानको […]

क्षतिपूर्तिको माग राख्दै किसान आन्दोलित

काठमाडौं । डिवाई २८ नामक हाइब्रिड धानबाट भएको क्षतिपूर्तिको माग राख्दै किसान आन्दोलित बनेका छन् । शुक्रबार माइतीघर मण्डलामा विरोध प्रर्दशन गर्दै सरकारबाट समयमै क्षतिपूर्ति नपाएको भन्दै पीडित किसानहरुले पुनः आन्दोलन सुरु गरेका हुन । विरोध प्रदर्शनमा अखिल नेपाल किसान महासंघ पनि सहभागी भएको छ । कार्यक्रममा बोल्दै अखिल नेपाल किसान महासंघका अध्यक्ष डा. प्रेम […]

छिटो मल उपलब्ध गराउन माग गर्दै रौतहटका किसान आन्दोलित

२३ भदौ, रौतहट । उर्वर भूमि भएर पनि किसानलाई अत्यावश्यक सामग्री उपलब्ध गराउन सरकारले वास्ता नगरेको भन्दै रौतहटका किसान आन्दोलित भएका छन् । खेतमा धानबाली लगाएका किसानले मलखादको चरम अभाव भोगेको र कृषि सामग्रीकै अभावमा उत्पादन घटेको भन्दै आन्दोलन गरेका हुन् । रौतहटका बजारमा यूरिया मलको अभाव भएको र भारतीय सीमाक्षेत्रबाट ल्याउँदा समेत कानूनी झन्झटको […]

सिँचाइको मुहान खानेपानीका लागि लाग्ने भएपछि किसान आन्दोलित

वैशाख २४, धनकुटा । पाख्रिबास नगरपालिका वडा नं. १० की कृष्णमाया राईलाई निकै चिन्ताले सताएको छ । उनलाई चिन्ताले सताउनुको मुख्य कारण पाख्रिबास नगरपालिका वडा नं. ८ र १० को सिमाना रहेको भुल्के मुहानको पानी पाख्रिबास नगरपालिकाले पम्पिङ गरेर लान टेण्डर गरेर हो ।  कृष्णकुमारी राई त एक उदाहरण मात्रै हुन पाख्रिबास नगरपालिका वडा नं. ८, १० र सहिदभुमि गाउँपालिका ५ का ३६५ किसानको अवस्था उस्तै छ । पाख्रिबास नगरपालिकाले भुल्के मुहानको पानी लगेपछि पाख्रिबास नगरपालिकाका सुनबालुवा, कात्तिके, काभ्रे, चुङमाङ, मालबासे र सहिदभुमीको खोकुटारको करीब २ हजार ५०० रोपनी खेतीमा हुने दुई बालि धान, एक बाली गहुँ उत्पादन नभइ आफूहरु भोकमारीमा पर्ने र खेती मरुभूमिमा परिणत हुने राईले बताइन् ।  पाख्रिबास नगरपालिकाले खानेपानीको लागि भुल्केको पानी लाने योजना बनाएपछि यतिबेला सो ठाउँका कृषक आन्दोलित भएका छन् । कृषकले पिउन तथा सिँचाइका लागि प्रयोग गर्दै आइरहेको भुल्के मुहानको पानी समन्वय नगरि पाख्रिबास नगरपालिकाले बृहत खानेपानी योजनाका लागि ठेक्का लगाएको भन्दै भूल्केबासी आन्दोलित भएका हुन् । तीन वर्षअघि पनि सो पानी नगरपालिकाले लैजान डीपीआर गर्न खोज्दा स्थानिय कृषकले अवरोध गर्दा नगरपालिकाले नमानेपछि भूल्केबासी अदालतसम्म पुगेका थिए । सो बेला उच्च अदालत धनकुटाले स्थानीयको सहमतिमा मात्रै खानेपानी सञ्चालन गर्न पाख्रिबास नगरपालिकालाई आदेश दिएको थियो । तीन वर्षपछि नगरपालिकाले अहिले पुनः स्थानीयसँग कुनै सहमति नगरि खानेपानी योजनाको काम अघि बढाएपछि आन्दोलित हुनुपरेको स्थानीय होम बहादुर खत्रीले बताए ।  खत्रीले भुल्केको मुहानको भरमा वार्षिक ५० मुरी धान उत्पादन गर्दै आएको र यो पानी नगरपालिकाले लगेपछि खेती छाड्नुपर्ने हुनसक्ने बताए । मुहान रहेको ठाउँमाथि कुनै खेती नभएकाले नगरपालिकाले पानी लगेपछि मुहान तलको भाग पनि उस्तै हुने खत्रीको भनाइ छ ।  अदालतले दिएको आदेश अवज्ञा गरि दुई साता अघिमात्र खानेपानी बृहत योजना सञ्चालको ठेक्का नै निकालेको सूचना जारी भएपछि कृषकले खानेपानी योजना नगरपालिकाले जबरजस्ती सञ्चालन गर्न खोजेको थाहा पाएको खत्रीले बताए ।  आफ्नो पुर्खादेखि अहिलेसम्म ५० वर्षदेखि भुल्के मुहानको भरमा खेती गर्दै आएको र अहिलेपनि निरन्तर रहेको अर्का किसान भीमबहादुर न्यौपानेले बताए । नगरपालिकाले अहिले ४ घण्टा पानी लाने भनेको भएपनि पछि जुनसुकै समयमा पनि लाने न्यौपानेको भनाइ छ ।  न्यौपानेका अनुसार भुल्केको पानीको भरमा एक बालीमा कम्तीमा ५० हजार मुरी धान उत्पादन हुने गरेको छ । स्थानीय कृषकले कृष्णकुमारी राईको संयोजकत्वमा भुल्केपानी संरक्षण समिति नै गठन गरि आन्दोलित भएका छन् । राईले नगरपालिकाले आफ्नो गाउँमा केही नगरेको र भएको पानीको मुहान लान खोजेको बताइन् । उनले भुल्केक्षेत्र मरुभुमी बनाउने प्रयासमा लागेको र भुल्केको पानी कुनैपनि हालतमा लान नदिने बताइन् ।  भुल्केको पानी लिफ्टिङ गर्न टेन्डरका लागि सूचना जारी भएपछि भुल्केबासीले धनकुटा स्थित संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयमा योजना रोक्न माग गर्दै ज्ञापन पत्र बुझाएका छन् । ज्ञापनपत्र बुझ्दै कार्यायालका प्रमुख विनोद कुमार भुजेलले स्थानीय कृषक, नगरपालिकासँग सहकार्य गरी माथिल्लो निकायको सल्लाह अनुसार अघि बढ्ने बताए ।  खानेपानीलाई पहिलो प्राथमिकता दिनुपर्ने भएपनि स्थानीय सरकारले स्थानीयसँग सहकार्य नगर्दा समस्या आएको सरोकारवालाहरु बताउँछन् । यता पाख्रिबास नगरपालिका प्रमुख वृष बहादुर राईले नगरपालिकाले पटकपटक खानेपानी लैजाने विषयमा सहमति गरेको बताए । भुल्केको पानीले सिँचाइ हुने करीब ८० प्रतिशत जग्गा रहेको र सो जग्गामा पर्यटकीय क्षेत्र बनाउने भनेर पनि स्थानीयसँग सहमति भएको नगर प्रमुख राईले बताए ।  भुल्केमा रहेको पानीको १० भागको एक भाग पानी निश्चित समय पानी लाने स्थानीयसँग सहमति भएको राईको भनाइ छ । राईले नगरपालिकाका एक हजार ७८४ घरपरिवारलाई खानेपानी व्यस्थापन गर्न योजना सञ्चालनको तयारी गरेको र हिजो पनि सहमति गरेको तथा भोलि पनि सहमति गरेर खानेपानी ल्याउने जानकारी दिए ।