टेकुमा भीड बढेपछि चार अस्पतालमा खोप प्रमाणीकरण कार्ड वितरण हुँदै

काठमाडौं। कोभिड १९ विरुद्धको खोप लगाएकालाई आजदेखि राजधानीका चारवटा अस्पतालबाट खोप प्रमाणीकरणको कार्ड दिइने भएको छ। टेकु अस्पतालमा मात्र वितरण गर्दा भीडभाड बढेपछि सरकारले आजदेखि चार अस्पतालबाट कार्ड बाँड्ने भएको हो। जसअनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामती अस्पताल, पाटन अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा खोप कार्ड प्रमाणीकरणको कार्ड निःशुल्क प्रमाणीकरण गरिने खोप महाशाखाका प्रमुख झलक गौतमले बताए।

सम्बन्धित सामग्री

खोप कार्ड लिन यस्तो सास्ती, दिनभर भोकभोकै लाइनमा (भिडिओ)

सरकारले खोप प्रमाणीकरण कार्ड जिल्ला अस्पतालबाटै वितरण गर्ने भनेपनि त्यसको कार्यान्वयन हुन सकेको छैन । विदेश जाने श्रमिकहरु राजधानीबाटै कार्ड लिनुपर्ने बाध्यतामा छन् । क्यूआर कोर्डसहितको कार्ड जिल्लाबाटै वितरण गर्ने भनिएपनि टेकु अस्पतालमा कार्ड लिनेको भीड घटेको छैन बरु, कार्ड लिनकै लागि चारपाँच दिन बसेर भएपनि सर्वसाधारण राजधानी आउनुपर्ने बाध्यतामा छन् ।

खोप प्रमाणीकरण अब चार अस्पतालबाट

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप कार्डको प्रमाणीकरणका लागि थप तीन अस्पताल तोकेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्रै खोप कार्ड प्रमाणीकरण हुँदै आएकामा आजदेखि पाटन अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल बलम्बु र सिभिल अस्पतालबाट पनि खोप कार्ड प्रमाणीकरण गर्न थालिएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा.तारानाथ पोखरेलले जानकारी दिए ।उनले शुक्रराज अस्पतालमा खोप कार्ड प्रमाणीकरणका लागि भीड भएकाले थप तीन अस्पतालबाट पनि प्रमाणीकरण आजैदेखि गर

खोप प्रमाणीकरण अब ४ ओटा अस्पतालबाट : स्वास्थ्य  मन्त्रालय

साउन ९, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप कार्डको प्रमाणीकरणका लागि थप तीन ओटा अस्पताल तोकेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्रै खोप कार्ड प्रमाणीकरण हुँदै आएकामा शनिवारदेखि पाटन अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल बलम्बु र सिभिल अस्पतालबाट पनि खोप कार्ड प्रमाणीकरण गर्न थालिएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा तारानाथ पोखरेलले जानकारी दिए।             उनले शुक्रराज अस्पतालमा खोप कार्ड प्रमाणीकरणका लागि भीड भएकाले थप तीन अस्पतालबाट पनि प्रमाणीकरण शनिवारदेखि गरिएको जानकारी दिए । थप तीन ओटा अस्पतालबाट खोप प्रमाणीकरण गर्न थालेपछि शुक्रराज अस्पतालमा भीड कम भएको छ । यसअघि शुक्रराज अस्पतालबाट मात्र खोप प्रमाणीकरण हुने भएपछि विदेश जानेको भीड रहेको थियो ।             खोप लगाइसकेपछि वैदेशिक रोजगारमा जाने र विदेशमा अध्ययन भ्रमणमा जाने विद्यार्थीलाई खोप लगाइसकेपछि खोप कार्डको प्रमाणीकरण अनिवार्य लिनुपर्ने व्यवस्था सरकार र विभिन्न देशले गरेका छन् । उनले चाँडै नै अनलाइनबाट खोप कार्ड प्रमाणीकरण गर्ने तयारीसमेत गरिएको जानकारी दिए । रासस