नेपाली कांग्रेसले माओवादी र जसपालाई संयुक्त सरकार बनाउन प्रस्ताव गरेकाे छ। कांग्रेसले आफ्नाे नेतृत्वमा सरकार बनाउन दुवै पार्टीलाई प्रस्ताव गरेकाे हाे। प्रस्तावमा माओवादी सकारात्मक भएपनि जसपाले परामर्शका लागि समय मागेकाे छ। उता जसपाले जेलबाट छुटाउनुपर्ने आफ्ना नेता कार्यकर्ताकाे विवरण सरकारलाई बुझाएकाे छ।