राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न मानपदवी, अलङ्कार तथा पदक वितरण गरेकी छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा पदकहरू वितरण गरिएको हो। वितरित पदकहरूमा लिम्पियाधुरा, लिपुलेक सहितको नयाँ नक्सा समावेश गरिएको छैन। गृहमन्त्रालयले पोहोर सालकै पदक भएकाले नक्सा नसमेटिएको बताएको छ।