स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जनाभन्दा बढीको भेलामा रोक लगाउन सरकारसमक्ष आग्रह गरेको छ। भिडभाड अत्यधिक भएको भन्दै मन्त्रालयले कोरोनाको खतरा बढेको बताएको हो। त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो समय लक्षणहरू अलि जटिल देखिन थालेकाले बिरामीहरूलाई अस्पताल भर्ना गर्नु परिरहेको समेत बताए।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सावधानी नअपनाए लकडाउन हुनसक्ने बताएका थिए।