एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित नेताहरूलाई धमाधम कारबाही गरेपछि उक्त समूहले अलग्गै अभियान थाल्ने भएको छ। उक्त समूहको आज बस्ने बैठकले कसरी अभियानलाई अगाडि लैजाने भन्नेबारे निर्णय लिनेछ। नेताहरूले ओलीसँगै बस्न नसकिने निष्कर्ष निकालेका छन्। योसँगै कतिपयले एमाले फुटनजिक पुगेको आँकलन गर्न थालेका छन्।