एमाले अध्यक्ष केपी शर्मा ओलीले बालुबाटारमा आयोजना गरेको चियापानमा ओली समूहका नेताहरू मात्रै उपस्थित भएका छन्। कार्यक्रम वरिष्ठ नेता माधवकुमार नेपाल र वामदेव गौतम समूहले बहिष्कार गरेका हुन्। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार आयोजना गरिएको चियापानमा सांसद र केन्द्रीय सदस्यलगायतका नेतालाई बोलाइएको थियो।