सवारी दुर्घटनाका घाइतेको प्रदेश प्रमुख अहिराजद्वारा उद्धार

समाचार डिजिटल संस्करण

सवारी दुर्घटनाका घाइतेको प्रदेश प्रमुख अहिराजद्वारा उद्धार

Read Time : < 1 मिनेट

२०७७ फाल्गुण ११ मंगलबार १५:४९:००

प्रदेश २ का नवनियुक्त प्रमुख राजेश अहिराजले सवारी दुर्घटनामा परेर घाइते भएकाहरूको उद्धार गरेका छन् । अहिराजले पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको निजगढ–पथलैया सडकखण्डमा दुर्घटनामा परेर घाइते भएका पाँचजनाको उद्धार गरेका हुन् ।

रौतहटबाट वीरगन्ज आउँदै गर्दा घाइतेहरू सडकमा छटपटाइरहेको देखेपछि गाडी रोकेर उद्धार गरेको उनले बताए । आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मीको जिम्मा लगाएर घाइते पाँचजनालाई उपचारका लागि चन्द्रनिगाहपुरस्थित अस्पताल पठाएको उनले बताए ।

ना.५६प ७३६५ मोटरसाइकल र भारतीय नम्बर प्लेटको बिआर ३०जे९३९७ नम्बरका मोटरसाइकल ठोक्किएर जितबहादुर पहरी, सुरज पहरी र विकास यादव, चित्ररेखा यादव तथा यादवका एक छोरा घाइते भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर प्रहरी नायब उपरीक्षक लीला लामिछानेले बताए । घाइते सुरजको खुट्टामा गहिरो चोट लागेकाले वीरगन्ज नेसनल मेडिकल कलेजमा रिफर गरिएको छ ।

#राजेश अहिराज

सम्बन्धित सामग्री

दुर्घटनाका घाइतेको प्रदेश प्रमुखले गरे उद्धार

११ फागुन, जनकपुरधाम । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रौतहटको लमहा जंगलमा मोटरसाइकल दुर्घटनामा घाइते भएका ४ जनालाई प्रदेश प्रमुख राजेश अहिराजले उद्धार गरी अस्पताल पठाएका छन् । लमहा जंगलको लच्कानजिकै बीआर ३० जे ९३९७ नम्बरको भारतीय र …

अनलाइनखबर

दुर्घटनामा परेर सडकमा ढलेका घाइतेलाई प्रदेश प्रमुख झाले गरे उद्धार

काठमाडौं : प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख डा. राजेश झा ‘अहिराज’ले सडक दुर्घटनामा घाइते भएका ४ जनाको उद्धार गरेका छन्। झा ले ‘नागरिकको सुरक्षा मेरो पहिलो जिम्मेवारी’ भन्दै जनकपुरबाट जितपुर जाने क्रममा निजगढ जङ्गलमा सडकमा दुर्घटनामा परि छ्ट्पटाइ रहेका ४ जनालाई अस्पताल पठाएका हुन्। उनले दुर्घटनामा परेको देख्ने वित्तिकै

पहिलो पोस्ट

बस दुर्घटनाका गम्भीर घाइते प्रदेश सांसद उत्तरकुमार वलीलाई काठमाण्डाै लगियाे

बाँके - सवारी दुर्घटनामा गम्भीर घाइते भएका प्रदेश ५ का सांसद उत्तरकुमार वलीलाई थप उपचारका लागि शुक्रबार कोहलपुरबाट काठमाण्डाै लगिएको छ । नेकपा बाँकेका युवा नेता प्रमोद धितालले वलीलाई राजधानीको मेडिसिटी अस्पतालमा उपचारका लागि पठाइएको जानकारी दिनुभयो । सवारी दुर्घटनामा गम्भीर घाइते भएका प्रदेश ५ का प्रदेश सभा सद...

प्रदेश ५ : दशैँ तिहारमा सवारी दुर्घटनामा ४१ को मृत्यु

दाङ : प्रदेश नं ५ मा दशैँ तिहारमा ३६७ सवारी दुर्घटनामा ४१ जना मानिसको ज्यान गएको छ। प्रदेश नं ५ प्रहरी कार्यालय तुलसीपुर दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले दिएको जानकारीअनुसार ती सवारी दुर्घटनामा परी ६६२ घाइते भएका छन्।  घाइतेमध्ये केही उपचारपछि घर फर्किसकेका र केही भने विभिन्न अस्पतालमा उपचाररत रहेका...

थाहा खबर

दुर्घटनाका घाइतेको उद्धार विधि कमजोर

दुर्घटनामा परेका घाइतेको उद्धार संयन्त्र प्रभावकारी बनाउन सडक सुरक्षा अभियान्ताहरूले आग्रह गरेका छन् । नेपाल अटोमोबाइल्स एसोसियसन (नासा) प्रदेश नम्बर ३ ले नारायणगढमा शनिबार आयोजना गरेको सवारी दुर्घटनामा परेकाको उद्धारका लागि स्वयंसेवा तालिममा उनीहरूले सडक सुरक्षा सुधार गर्न तीनै तहका सरकारले कदम चाल्नुपर्ने सुझाएका छन् ।

कारोबार दैनिक

घाइतेजति मेडिकल कलेजमा, लासजति सरकारी अस्पतालमा !

२४, साउन, चितवन । साउन महिनामा मात्रै चितवनमा धेरैवटा सवारी ठूला दुर्घटना भए । दुर्घटनामा कैंयौं घाइते भए, १३ जनाको मृत्यु भयो । धेरै घाइतेहरु अहिले पनि अस्पतालमै छन् । गत साउन ११ गते इच्छाकामना गाउँपालिकाको चुम्लिङटारमा बस त्रिशुली नदी किनारमा खस्दा ८ जनाको मृत्यु भयो भने १८ घाइते भए । साउन …

अनलाइनखबर

कुश्मा नगरपालिकाकी उपप्रमुख काफ्ले दुर्घटनामा घाइते

पर्वत : कुश्मा नगरपािलकाकी उपप्रमुख सीता काफ्ले लामिछाने दुर्घटनामा परी घाइते भएकी छन्। उनी कास्कीको पोखरा–लेखनाथ उपमहानगरपालिका–३२ तल्लो गगनगौंडामा शनिबार भएको सवारी दुर्घटनामा परी घाइते भएकी हुन्। काठमाडौंबाट पोखरा आउँदै गर्दा काफ्ले सवार ना ४ च ५०५४ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा जीपमा सवार उपप्रमुखस...

थाहा खबर

घाइतेको अवस्था बुझ्न प्रधानमन्त्रीलगायत केएमसी अस्पतालमा

दुर्घटनामा घाइते भएकाहरूको अवस्था बुझ्नको लागि प्रधानमन्त्री केपी शर्मा ओली, प्रदेश ३ की प्रदेश प्रमुख अनुराधा कोइराला, गृहमन्त्री रामबहादुर थापा सिनामंगलस्थित केएमसी हस्पिटल पुगेका छन्। उनले दुर्घटनाको दुःखद् खबरले स्तब्ध बताएको र दुर्घटनामा निधन भएका यात्रुप्रति श्रद्धाञ्जली र परिवारजनप्रति गहिरो समवेदना ब्यक्त गरेका छन्। सोमबार दिउँसो दुर्घटनामा परेको युएस बंगला जहाजका ७१ यात्रुमध्ये २८ जनाको…

Setopati