छोटकरीमा : कोरोना खोप अभियान किन सुस्तायो ?

भारतले अनुदानमा उपलब्ध गराएको कोभिशिल्ड खोप अभियान अन्तर्गत पहिलाे चरणकाे खाेप अभियान शनिवार (भाेलि) सकिने स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । ४ लाखलाई लगाइने भनिएको कोरोना खोप नवौं दिनसम्म आइपुग्दा करिब २ लाखमा पनि किन लगाउन सकिएन ?

शुक्रवार बेलुकीसम्म ७७ जिल्लाका दुई सय एक खाेप बुथबाट एक लाख ७२ हजार चार सय ८६ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

अहिलेसम्म प्रदेश नम्बर एकमा २३ हजार ८२, प्रदेश नम्बर २ मा २२ हजार सात सय ५६, वाग्मतीमा ५९ हजार नाै सय ४२ जनाले खोप लगाइएको छ।


सरकारले भारतबाट अनुदानमा आएको पहिलो चरणको खोप प्रयोगमा आएपछि मात्र दोस्रो चरणको अभियान सुरु गर्ने तयारी गरेको छ। कोभिड खोप अभियानको पाँचौं दिनसम्म आइपुग्दा खोपको प्रभावकारिता कस्तो रह्यो ? कोरोना खोप भित्रिएपछिको नेपालको अवस्था कस्तो देखिदै छ ? छोटकरीले तयार पारेको यो सामग्री पढ्नुहोस्।


कोरोनाविरुद्धको पहिलो चरणको खोप १० दिनको अवधिमा ४ लाख ३० जनालाई लगाइने सरकारको दाबी थियो । तर, अभियानको नवौँ दिनसम्म आइपुग्दा १ लाख ५८ हजार ४ सय ८७ जनाले मात्रै खोप लगाएसँगइ खोप अभियान सुस्ताएको हो कि भन्ने चर्चा-परिचर्चा भइरहेको छ ।


दोस्रो चरणको खोप अभियानतर्फ अनिश्चितता देखिइरहेको बेला चीनले नेपाललाई ५ लाख डोज कोरोना खोप अनुदान दिने घोषणा गरेको छ। यसअघि माघ १८ मा चीनले ३ लाख कोरोना खोप दिने भनिएको थियो र काठमाडौंस्थित चिनियाँ दूतावासले पनि त्यसको पुष्टि गरेको थियो ।

विदेशमन्त्री वाङले शुक्रबार घोषणा गरेको ५ लाख जोड कोरोना खोप यसअघि भनिएको ३ लाखभित्रै हो कि थप हो भन्ने खुलेको छैन ।


सम्बन्धित सामग्री

तत्काल विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन गराउन निर्देशन

संसदीय समितिले बालबालिकाहरू कोभिड– १९ महामारीको जोखिममा परेको भन्दै तत्काल विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन सुचारु हुने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

छोटकरी सम्पादक

एमालेका ४ सांसदले 'फ्लोर क्रस' गरेपछि कर्णालीका मुख्यमन्त्री शाहीको पद जोगियो

२२ जना सांसदको विश्वासको मत पाएसँगै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ ।

छोटकरी सम्पादक

सर्वोच्च अदालतको न्यायाधीशमा चुडाल र सुवेदी सिफारिश

सर्वोच्च अदालतका न्यायाधीशमा कुमार चुडाल र नहकुल सुवेदीको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ । चुडाल र सुवेदीलाई न्याय परिषद्ले चैत १ गते सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्ताव गरेको थियो ।

छोटकरी सम्पादक

मृतकको दाहसंस्कार नगरी गाड्ने बाहानामा गरियो अर्का व्यक्तिको हत्या

मृत्युपछि आफ्नो शव जलाउनुको सट्टा गाडिओस् भनेका एक व्यक्तिको इच्छा पूरा गर्ने बाहानामा चीनमा अर्का व्यक्तिको अपहरणपछि हत्या भएको छ। चीनमा शव गाड्ने चलनलाई अत्याधिक रुचाइन्छ।

छोटकरी सम्पादक

४६ लाखको खानेतेल बोकेको ट्रक ८ दिनपछी बेवारिसे भेटियो

सुनसरीको दुहबीबाट गत चैत २४ गते स्याङ्जाको वालिङका लागि २२ सय कार्टुन खानेतेल बोकेर हिँडेको ट्रक प्रहरीले धनुषाको ढल्केबरमा मंगलबार बेवारिसे अवस्थामा फेला पर्यो । बेवारिसे अवस्थामा फेला पार्दा ट्रकमा केही कार्टुनमा मात्र तेल भेटिएको प्रहरीले जनाएको छ ।

छोटकरी सम्पादक