२०२० को पात्रो अब छेउ लागेको छ। आर्थिक, सामाजिक, राजनीतिक लगायत हरेक क्षेत्रमा प्रत्यक्ष प्रभावित तुल्याएर ओझेल परेको छ सन् २०२०। कलाकार र कला क्षेत्रलाई पनि सन् २०२० अपवादबाहेक पूर्ण रूपमा अफापसिद्ध भयो। विशेषगरी नेपाली कलाकारहरूको रोजीरोटी एवं आयस्रोत हुने विभिन्न खालका साङ्गीतिक कार्यक्रम स्थगित भए।
विश्वव्याधिका रूपमा देखापरेको कोभिड–१९ को अनपेक्षित र अप्रत्यासित मार चलचित्र क्षेत्रले खेप्नुपर्यो। कोरोनाका कारण वर्ष २०२० नेपाली चलचित्र क्षेत्रका लागि निकै खराब वर्ष सावित भयो । यस वर्ष रिलिज भएका केही चलचित्रले बक्स अफिसमा बलियो उपस्थिति जमाउन सेकनन्।
कोरोनाका कारण यो वर्ष फिल्म उद्योगले धेरै दिग्गज व्यक्तित्व गुमायो।