उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीबाट गैरकानुनीरुपमा दुई करोड रुपैयाँ ऋण लिएको अनुसन्धानबाट पुष्टि भएको छ । रुपन्देही जिल्ला प्रहरी कार्यलयले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले सोमबार जिल्ला अदालतमा पेश गरेको अभियोग पत्रमा लामिछानेले २ करोड रुपैयाँ ऋण लिएको उल्लेख छ ।
न्युयोर्कमा नेपालीभाषी व्यवसायीहरुको संस्था ग्रेटर न्युयोर्क नेपाली च्याम्बर अफ कमर्शको औपचारिक उद्घाटन गरिएको छ । मार्चको अन्तिमसाता पहिलो साधारण सभा सम्पन्न गरेको ग्रेटर न्युयोर्क नेपाली चेम्बर अफ कमर्शको शनिबार नेपाली नयाँ बर्षको अवशर पारेर न्युयोर्कको क्वीन्समा रहेको टेरेस अन द पार्कमा आयोजित कार्यक्रममा संस्थाको औपचारिक शुभारम्भ गरिएको हो । राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि तथा […]