ट्रम्प, ह्वाइट हाउसबाट निस्किन मानेनन् भने सेना लगाएर निकालिन्छ : ओबामा

अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले चुनाव हारेर पनि जिद्दी गरिरहे डोनाल्ड ट्रम्पलाई सेना लगाएर ह्वाइट हाउ (राष्ट्रपतिको कार्यालय) बाट निकालिने चेतावनी दिएका छन्।  

आफ्नो संस्मरण  ‘अ प्रमिस्ड ल्यान्ड’का विषयमा एक टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा ओबामाले पत्रकारले गरेको प्रश्नमा त्यस्तो जवाफ दिएका हुन्।  

अन्तर्वार्ताकार जिमी किममेलले ट्रम्पलाई इंगित गर्दै ओबामासँग प्रश्न गरेका थिए, ‘तपाईंले त ह्वाइट हाउसमा ८ वर्ष बिताउनुभएको छ, त्यहाँ त्यस्ता कुनै ठाउँ छन्, जहाँ कोही लुकेर बस्न सकोस्?’  

सिबिएस न्युजका अनुसार यो व्यंग्यात्मक प्रश्नमा हाँस्दै ओबामाले जवाफ दिए, ‘त्यसरी ह्वाइट हाउसमा लुक्ने व्यक्तिलाई हामी नेभी सिल (अमेरिकाको विशेष सैन्य टोली) परिचालन गरेर निकाल्छौं।’

यही नोभम्बर ३ तारिख अमेरिकामा सम्पन्न राष्ट्रपति निर्वाचन डेमोक्रेटिक पार्टीका जो बाइडेनले जितिसकेका छन्। 

ओबामा पनि डेमोक्रेट पार्टीकै नेता हुन्। 

तर वर्तमान राष्ट्रपति ट्रम्पले चुनावमा धाँधली गरेर जितेको भन्दै आफ्नो हार अझै स्वीकार गरेका छैनन्।  बरु धाँधलीविरुद्ध अदालतमा मुद्दा हालेका छन्।  

जर्जियामा पुनः मत गणना गर्दा पनि बाइडेन नै विजयी भएका छन्। बाइडेनले राष्ट्रपतिको चुनाव जित्न आवश्यक २ सय ७० भन्दा बढी इलोक्टोरल भोट ल्याइसकेका छन्। 

अब बाइडेन आगामी जनवरी २० मा औपचारिक रूपमा अमेरिकाको ४६औं राष्ट्रपतिका  रूपमा ह्वाउट हाउस प्रवेश गर्नुपर्ने हुन्छ। तर ट्रम्पले सजिलै सत्ता नछाड्ने अडान लिइरहेकाले परिस्थिति कस्तो बन्छ भन्ने अन्योल देखिएको छ।  

यसै सन्दर्भमा ओबामाले माथि उल्लिखित चेतावनी दिएका हुन्। 

प्रकाशित: ६ मंसिर २०७७ १५:४५ शनिबार

ट्रम्प बाइडेन ओबामा

सम्बन्धित सामग्री

ट्रम्प ह्वाइट हाउसबाट निस्किन मानेनन् भने सेना लगाएर निकालिन्छ : ओबामा

अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले चुनाव हारेर पनि जिद्दी गरिरहे डोनाल्ड ट्रम्पलाई सेना लगाएर ह्वाइट हाउ (राष्ट्रपतिको कार्यालय) बाट निकालिने चेतावनी दिएका छन्।

नागरिक दैनिक

ह्वाइटहाउसभित्र कमाण्डो पठाएर ट्रम्पलाई बाहिर निकाल्न सकिन्छ : ओबामा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव हारिसकेका छन्। तर, उनले हार स्वीकारेका छैनन्।  चुनाव हारेका ट्रम्प नोभेम्बर ३ यता ह्वाइटहाउसबाट बाहिर देखिएका छैनन्।  यही बीचमा पूर्व राष्ट्रपति बराक ओबामाले ट्रम्पको जिद्दीपन बारे बोलेका छन्। एक अन्तर्वार्ताका क्रममा ओबामाले भनेका छन्, 'यदि कोही ह्वाइट हाउस…

थाहा खबर

धाँधली भयाे, मतगणना रोक्न सर्वोच्च अदालत जान सक्छुः ट्रम्प

राष्ट्रपति डोनाल्ड ट्रम्पले निकै महत्वपूर्ण मानिने फ्लोरिडा राज्यमा विजय हासिल गर्नु भएको छ । करोडौं मत गणना गर्न बाँकी रहेकै अवस्थामा राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसबाट बोल्दै निर्वाचनमा आफूले जित्ने निश्चित भइसकेको तर धाँधली हुने सम्भावना अझै रहेको दाबी गर्नु भएको छ । उहाँले चुनावी परिणामलाई लिएर आफू सर्वोच्च अदालत जाने पनि बताउनुभयो ।

गोरखापत्र

ट्रम्पका सुरक्षा सल्लाहकारलाई कोरोना संक्रमण पुष्टि

१३ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्रियनलाई कोरोना संक्रमण पुष्टि भएको छ । अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले उनलाई कोरोना संक्रमण भएको पुष्टि गरेको हो । ५४ वर्षीय ओब्रियन अहिले …

अनलाइनखबर

ट्रम्पले भने, ‘मास्क लगाउनुहोस्, मौका मिल्नेबित्तिकै हात धुनुहोस्’

काठमाण्डाै – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कारोना भाइरसको महामारी बढिरहेकाले मास्क लागाउन आग्रह गरेका छन् ।  यसअघि मास्कको विपक्षमा रहेका राष्ट्रपति ट्रम्पले अन्ततः बोली फेर्दै जोखिमबाट बच्न अमेरिकीवासीलाई मास्क लगाउन आग्रह गरेका हुन् । ह्वाइट हाउसमा भएको प्रेस ब्रिफिङमा राष्ट्रपति ट्रम्पले मास्क लगाउन वा...

कोरोना भाइरसविरुद्ध ट्रम्पका निर्णयहरुको आलोचना गर्दै बाराक ओबामा

अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले कोरोना भाइरसविरुद्ध राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्व र उनले गरेका कामहरुलाई लिएर आलोचना गरेका छन्। एक कन्फ्रेन्स कलमार्फत् ट्रम्पले गरेका निर्णयहरुलाई 'पूर्ण अराजक प्रकोप' भनेर टिप्पणी गरेका हुन्। पूर्वकर्मचारीहरुसँग वेबकलमार्फत् छलफल गर्ने क्रममा उनले उक्त भनाइ राखेका हुन्। ओबामाले फोनमार्फत् आगामी राष्ट्रपति चुनावमा ट्रम्पका प्रतिद्वन्द्वी

पहिलो पोस्ट

अमेरिकी कोसँग बढी प्रभावित छन्, ट्रम्प वा ओबामा ?

अमेरिकाका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प वा पूर्वराष्ट्रपति बाराक ओबामा फेरि एकपटक आमनेसामने भएका छन्, तर यो वर्ष कोही विजेता र कोही पराजित भएका छैनन् । दुवैबीचको मुकाबिला बराबरी रहेको छ । एक अमेरिकी एजेन्सीले गरेको सर्भेमा डोनाल्ड ट्रम्प र बाराक ओबामा सर्वाधिक प्रशंसनीय व्यक्तिको सूचीमा बराबारीमा आएका छन् । यो सूचीमा बाराक ओबामा लगातार रहँदै आएका थिए भने डोनाल्ड ट्रम्पले उनलाई यसपटक टक्कर दिएका छन् ।

कारोबार दैनिक