मेरो नियुक्ति पद र प्रतिष्ठासँग गाँसिएको थिएन : बामदेव गौतम

२६ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले राष्ट्रियसभामा आफ्नो नियुक्ति पद र प्रतिष्ठासँग नगाँसिएको बताएका छन् ।

बामदेवलाई राष्ट्रियसभा सदस्यको हैसियतमा काम गर्न र मन्त्री बन्न रोक्न माग गर्दै दायर भएको रिटमा बुधबार सर्वोच्चले अन्तरिम आदेश नदिएपछि उनले फेसबुकमा स्टाटस लेख्दै खुशी व्यक्त गरेका छन् ।

सँगै उनले भनेका छन् ‘यसबीचमा मप्रति शुभेच्छा र सद्भाव प्रकट गर्नुहुने समस्त महानुभावप्रति म हार्दिक आभार प्रकट गर्दछु । मेरो पक्षमा बहस गर्नुहुने सम्पूर्ण विद्वान कानुन व्यवसायी मित्रहरु प्रति म कृतज्ञ छु । वास्तवमा यो विषय कुनै पद र प्रतिष्ठासँग गाँसिएको थिएन ।’

पार्टीभित्र विधि र पद्धति स्थापित गर्ने अभियानमा सरिक भइरहेको बेला प्रत्येक विषयलाई पद र व्यक्तिगत प्रतिष्ठासँग गाँसेर विधि र पद्धतिका कुरालाई विषयान्तर गर्न खोजिएको उनले उल्लेख गरेका छन् ।

‘फेरि पनि म संविधानको सर्वोच्चता तथा विधि र पद्धतिका पक्षमा दृढताका पूर्वक उभिइरहने प्रण गर्दछु’ उनले भनेका छन् ।

सम्बन्धित सामग्री

वामदेव गौतमलाई रोक्न सर्वोच्च अदालतमा दुईवटा रिट

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने  निर्णयविरुद्ध सोमबार सर्वोच्च अदालतमा रिट दायर भएको छ। वामदेवलाई राष्ट्रपतिले राष्ट्रियसभामा मनोनयन गरेको निर्णयविरुद्ध सर्वोच्चमा दुईवटा रिट दर्ता भएका छन्।  वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्री राज भट्...

थाहा खबर

अब नेकपा सचिवालयका सबै नौ सदस्य सांसद

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयका सबै सदस्य संसद प्रवेश गरेका छन्। उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपतिबाट मनोनित सदस्यमा राष्ट्रियसभामा प्रवेश गराएपछि सचिवालयको सबै सदस्य संसद प्रवेश गरेका हुन्।  बर्दियाबाट प्रत्यक्ष निर्वाचनमा पराजित भएका उपाध्यक्ष गौतमलाई आजै राष्ट्रियसभामा प्रवेश ...

थाहा खबर

राष्ट्रियसभाको गरिमा गिराउने काम गर्दिनँ : बामदेव गौतम

१ असोज, काठमाडौं । राष्ट्रियसभा सदस्य बामदेव गौतमले राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम नगर्ने बताएका छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष गौतमलाई बिहीबार राष्ट्रियसभा सदस्य मनोनित गरेकी …

अनलाइनखबर

राष्ट्रियसभा सदस्य वामदेव गौतमले लिए सपथ

१ असोज, काठमाडौं । राष्ट्रियसभा सदस्यमा मनोनित वामदेव गौतमले पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारील मन्त्रिपरिषदको सिफारिसमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष गौतमलाई बिहीबार राष्ट्रियसभा सदस्य मनोनित गरेकी थिइन् । अपराह्न  राष्ट्रियसभा …

अनलाइनखबर

म राष्ट्रियसभामा जान तयार छु

काठमाडौं : सत्तारुढ नेपाल नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले  राष्ट्रियसभामा जान आफू तयार रहेको बताएका छन्। सचिवालयको निर्णय अनुसार उपाध्यक्ष गौतम राष्टियसभामा जान तयार रहेको बताएका हुन्।  नेकपाको गत फागुन १४ गते बसेको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेको थियो। तर, प्...

थाहा खबर

माधवकुमार नेपाल भन्छन्ः वामदेव गौतम नै राष्ट्रियसभा सदस्य

काठमाडौँः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले उपाध्यक्ष वामदेव गौतम राष्टियसभाको सदस्य हुने दाबी गरेका छन्।  बुधबार कपिलवस्तुको बुद्धस्थल निग्रोधारामा सञ्चारकर्मीसँगको कुराकानीको क्रममा गौतम राष्ट्रियसभा सदस्य हुने जिकिर गरेका हुन्।  ‘राष्ट्रियसभा सदस्यमा उपाध्यक्ष वा...

थाहा खबर

अन्तत: वामदेव गौतम राष्टियसभा सदस्य!

काठमाडौँः सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभाको सदस्य बनाउने निर्णय गरेको छ। बुधबार बसको सचिवालय बैठकले नेता गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको हो। बैठकबाट मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुने मनोनित सदस्यको रुपमा गौतमलाई सदस्य बनाउने निर्णय भएको प्...

थाहा खबर

गौतमलाई राष्ट्रियसभा सदस्य बनाउन नेकपामा छलफल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउनेबारे फेरि छलफल सुरु भएको छ । शनिबार बसेको सचिवालय बैठकमा गौतमलाई राष्ट्रपतिले मनोनित गरेर राष्ट्रियसभामा लैजाने प्रस्ताव नेताहरुले गरेका थिए । तर गौतमले …

अनलाइनखबर