बारास्थित शिवशक्ति बायोप्लान्टिक प्रालिमा स्थानीय प्रशासनले शिलबन्दी गरी अनुसन्धान सुरु गरेको छ । सो कम्पनीले जैविक मल उत्पादन गर्ने स्वीकृति लिएर किटनाशक औषधि उत्पादन गर्ने गरेको आरोपमा कारखानामा शिलबन्दी गरिएको छ । बाराको परवानीपुर गाउँपालिका–४ चैनपुरस्थित प्रालिको कारखानामा शिलबन्दी गरी आवश्यक अनुसन्धान सुरु गरिएको बाराका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँले जानकारी दिनुभयो । जैविक …