विराटनगरमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर । समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएसँगै विराटनगर महानगरपालिकामा थप ४३ जना सङ्क्रमित पुष्टि भएका छन् । महानगरपालिकाद्वारा शनिबार गरिएको परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण देखिएको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । सङ्क्रमित हुनेमा १९ महिला रहेका छन् । सङ्क्रमितमा विराटनगर–६ का सात जना, ३, ९, ११ र १५ का छ/छ जना , विराटनगर २ …