भैंसेपाटी पुगेर वामदेवलाई प्रचण्डले सोधे : अब तपाईं के गर्नुहुन्छ?

काठमाडौं :  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफू कुनै पनि गुटमा नलाग्ने जवाफ दिएका छन्।

गौतमका प्रेस सहयोगी विश्वमणी सुवेदीका अनुसार उनले मंगलवारको भेटमा आफू निश्चित नेता वा विचार समूहको पक्षमा नभई पार्टी एकताप्रति दृढ रहेको स्पष्ट पारेका छन्।

'कमरेड प्रचण्डले ‘अब तपाईं के गर्नुहुन्छ?’ भनी सोध्नुभयो।उपाध्यक्ष कमरेड वामदेव गौतमले ‘म ठूलोसानो कुनै पनि गुटमा लाग्दिनँ’ भनी अध्यक्ष प्रचण्डलाई बिदा गर्नुभयो,' भेटबारे सुवेदीले भने।  

प्रचण्ड मंगलवार गौतम निवास भैंसेपाटी पुगेका थिए। दुई नेताबीच करिब ४० मिनेट कुराकानी भएको थियो। गौतमले साउन १३ गते पार्टीको समस्या समाधानका लागि भन्दै ६ बुँदे प्रस्ताव ल्याएका थिए।

उक्त प्रस्तावमा प्रधानमन्त्री  केपी शर्मा ओली ५ नै वर्ष नै प्रधानमन्त्री र महाधिवेशनसम्म अध्यक्ष रहने उल्लेख छ। सोही प्रस्ताव ल्याएकै दिन प्रधानमन्त्री ओली वामदेव निवास पुगेका थिए।

त्यसपछि  गौतम प्रचण्ड-वरिष्ठ नेता माधवकुमार नेपाल कित्ताबाट ओली कित्तामा गएको विश्लेषण गरिँदै आएको छ।

सम्बन्धित सामग्री

खुमलटारमा वामदेवले भने-संसद विघटनको विपक्षमै छु

११ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम र नेपाल-प्रचण्ड समूहका अध्यक्ष पुस्पकमल दाहा प्रचण्डबीच भेटवार्ता भएको छ । प्रचण्डले उपाध्यक्ष गौतमलाई शनिबार बिहान आफ्नै निवास खुमलटारमा बोलाएर छलफल गरेका हुन् । संसद …

अनलाइनखबर

बालुवाटार पुगेर वामदेवले भने- प्रचण्डको प्रस्तावमा मेरो पनि योगदान छ

३० कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले आइतबार बालुवाटार पुगेर अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । भेटमा गौतमले सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेकव …

अनलाइनखबर

म कुनै पनि गुटमा लाग्दिन : नेता गौतम

काठमाण्डौ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले आफू कुनै पनि गुटमा नलाग्ने बताउनुभएको छ ।  पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आफ्नै निवासमा भएको भेटमा उहाँले कुनै सानो वा ठूलो गुटमा नलाग्ने बताउनुभएको उहाँका प्रेस सहयोगी विश्वमणि सुवेदीले बताउनुभयो । उहाँले विज्ञप्तिमार्फत आफ...

बामदेवले म कुनै गुटमा लाग्दिन भन्दै प्रचण्डलाई विदा गरे

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले आफु कुनै गुटमा नलाग्ने बताएका छन् । मंगलबार बिहान अध्यक्ष प्रचण्ड गौतमको निवासमै पुगेका थिए । उक्त भेटमा नेता गौतमले आफु कुनै गुटमा नलाग्ने जवाफ दिएको पत्रकार एवं गौतमका सहयोगी विश्वमणी सुवेदीले जानकारी दिए । ‘आजको भेटमा अध्यक्ष क. प्रचण्डले उपाध्यक्ष क. गौतमसँग पार्टीसँग सम्बन्धित केही समसामयिक …

राजधानी दैनिक

प्रचण्डलाई बामदेवको जवाफ : म सानो ठूलो कुनै पनि गुटमा लाग्दिनँ

२१ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले आफू पार्टीको कुनै पनि गुटमा नलाग्ने बताएका छन् । मंगलबार विहान नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आफ्नै निवासमा भएको भेटमा उनले आफू कुनै सानो ठूलो गुटमा …

अनलाइनखबर

वामदेवलाई भेट्न भैँसेपाटी पुगे प्रचण्ड

काठमाडौं :  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपाध्यक्ष वामदेव गौतमलाई भेट्न पुगेका छन। उपाध्यक्ष वामदेव गौतम निवास भैँसेपाटी भेट्न अध्यक्ष प्रचण्ड पुगेका हुन्।  अहिले केहि समयअघि अध्यक्ष दाहाल उपाध्यक्ष गौतम निवास पुगेका उपाध्यक्ष गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले जानकारी दिए।&n...

थाहा खबर